default_image

5 years ago

October 14, 2020

दिल्लीले चाहे सन्दीपको टोली परिवर्तन हुने

163 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्समा यस सिजन लगातार बेन्चमा रहँदै आएका छन् ।

सन्दीपलाई दिल्लीको टोली सन्तुलन, रणनीति र विदेशी खेलाडीको प्रर्दशनलाई हेर्दा प्लेइङ ११ मा स्थान बनाउन सहज पनि देखिदैन । कुनैपनि खेलाडीको क्षमता भन्दापनि टोलीको आवश्यकता बढी महत्त्वपूर्ण हुन्छ । अर्कोतर्फ चार मात्र विदेशी खेलाडी खेलाउन पाउने हुँदा सन्दीप बेन्चमा बस्नु परेको छ ।

यसपटक आइपिएलमा मध्य सिजन ट्रेडको (खेलाडी साटफेर) चर्चा छ । आइपिएलमा सबै टोलीले ७–७ खेल अर्थात मध्य सिजनपछि मात्र उक्त उक्त नियम लागु हुने छ । जुन मंगलबार देखि लागु भएको छ । एक टोलीलाई कम आवश्यक रहेको खेलाडी अर्कोलाई बढी आवश्यक हुन सक्छ । यसले टोली सन्तुलन बनाउन सहयोग मिल्ने छ ।

सन्दीपले प्लेइङ ११ मा स्थान बनाउन अझै केहि समय पर्खनुपर्ने देखिन्छ । सन्दीप अर्को टोलीबाट आइपिएल खेल्लान् वा दिल्लीमै रहलान् भन्ने नेपाली समर्थक र शुभचिन्तकमा चर्चा चल्न थालेको छ । सबैभन्दा पहिला अन्य टोलीलाई लेग स्पिनरको आवश्यक हुनुपर्छ । लेग स्पिनरको आवश्यक मात्र भएर सन्दीप अर्को टोलीबाट खेल्न सक्दैनन् ।

सन्दीपले अर्को टोलीबाट खेल्न पहिला दिल्ली सहमत हुनुपर्छ । एक सिजनमा एक टोलीले दुई खेलाडी अर्को टोलीलाई बेन्च र किन्न सक्छन् । त्यसको लागि उक्त टोलीमा रहेका खेलाडीले यस सिजनमा दुईभन्दा बढी खेल खेलेको भने हुनु हुँदैन ।

दिल्लीसँग लेग स्पिनरको रुपमा सन्दीप मात्र छन् । अनुभवी लेग स्पिनर अमित मिश्रा औंलामा चोटको कारण आइपिएलबाट बाहिरिसकेका छन् । दिल्लीले दुई अफ स्पिनर अक्षर पटेल र रविचन्द्रन आश्विनलाई नियमित खेलाएको छ । आश्विन किंग्स इलेभेन पन्जाबको खेलको क्रममा घाइते हुँदा बाँकी दुई खेल गुमाउन पुगेका थिए ।

आश्विन घाइते हुँदा मिश्रा दिल्लीको पहिलो रोजाईमा खेलेका थिए । मिश्रा भने पूरा प्रतियोगिताका लागि बाहिरिसकेका छन् । दुर्भाग्यवस आश्विन र पटेल मध्य एक घाइते भएमा त्यसको विकल्प सन्दीप हुन् । सन्दीप र दिल्लीको सम्बन्ध पनि उत्कृष्ट रहँदै आएको छ । जसको कारण पनि सन्दीपले दिल्ली छोड्ने सम्भावना देखिदैन । दिल्ली पनि सन्दीप अर्को टोलीलाई पठाउन चाहदैन ।

अर्कोतर्फ अन्य फ्रेन्चाइज टोलीलाई लेग स्पिनरको आवश्यक त्यति देखिदैन । किंग्स इलेभेन पन्जाबमा रबि बिश्रोईले राम्रो प्रर्दशन गर्दै आएका छन् । चार विदेशी कोटाकै कारण पन्जाबले युवा अफस्पिनर मुजिब उर रहमानलाई सुरुवाती पाँच खेलमा बेन्चमा राखेको थियो । विश्फोटक ब्याट्सम्यान क्रिस गेल बेन्चमा रहँदै आएका छन् ।

राजस्थान रोयल्समा चार विदेशी खेलाडीमा जस बटलर, कप्तान स्टिभ स्मिथ, बेन स्टोक्स र जोफ्रा आर्चर प्रमुख हतियार हुन् । राजस्थानसँग श्रेयस गोपाल लेग स्पिनरको रुपमा छन् । चेन्नई सुपर किंग्समा गत वर्ष आइपिएलका पर्पल क्याप विजेता अनुभवी लेग स्पिनर इमरान ताहिरले हालसम्म मौका पाउन सकेका छैनन् । यता रोयल च्यालेन्जर्स बेंगलोरमा युजभेन्द्र चहलले लगातार उच्च प्रर्दशन गर्दै आएका छन् । एडम जाम्पा विकल्पमा छन् ।

मुम्बई इन्डियन्समा राहुल चहर लेग स्पिनरको रुपमा छन् । उनको प्रर्दशन खराब भएमा वा घाइते भएमा मात्र मुम्बईले अर्को विकल्प खोज्ने देखिन्छ । कोलकातालाई भने लेग स्पिनरको आवश्यक देखिन्छ । क्रिस ग्रिन र कुलदीप यादव स्पिनरको रुपमा छन् । कुलदीप खराब लयको कारण टोली बाहिर छन् । अलराउन्डर सुनिल नारायण पहिलो रोजाईमा खेल्दै आएका छन् ।

चार विदेशी खेलाडीमा कोलकाताले नारायाण, ओईन मोर्गन, आन्द्रे रसेल र प्याट कमिन्सलाई पहिलो रोजाईमा खेलाउँदै आएको छ । जसको कारण कोलकाताले लेग स्पिनर टोलीमा ल्याउने सम्भावना कम देखिन्छ । समग्रमा अन्य टोलीमा पनि सन्दीपले प्लेइङ ११ मा नियमित मौका पाउने सम्भावना देखिदैन ।

सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले पनि सन्दीपले दिल्ली छोड्ने सम्भावना कम रहेको बताउँछन् । ‘हालसम्म अर्को टोलीमा जाने कुनै पनि कुरा चलेको छैन । सबैभन्दा पहिला टिममा निर्भर रहन्छ । सन्दीपले जान्छु भनेर मात्र हुँदैन । अन्य टोली सन्दीपप्रति रुचि देखाउँदा दिल्लीले पनि मान्नुपर्छ’, शिवाकोटीले भने ।

सन्दीप लगातार तेस्रो सिजन दिल्लीमा छन् । सन् २०१८ मा सन्दीपको न्यूनतम मूल्य ३२ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । त्यस सिजनमा दिल्ली लिग चरणबाट बाहिरिएपछि मात्र बाँकी तीन खेलमा मौका दिएको थियो । उक्त तीन खेलमा सन्दीपले पाँच विकेट लिएका थिए ।

गत वर्ष दिल्लीले ६ खेलमा मौका दिदा सन्दीपले ८ विकेट लिएका थिए । अन्य विदेशी फ्रेन्चाइज लिगमा सन्दीप पहिलो रोजाईमा खेल्दै राम्रो प्रर्दशन गरेपनि आइपिएलमा भने संघर्ष गर्दै आएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.