default_image

5 years ago

October 13, 2020

हैदराबादलाई चेन्नईको प्रतिस्पर्धात्मक लक्ष्य

136 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को २९ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई १ सय ६८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रन बनायो । चेन्नईले अन्तिम पाँच ओभरमा ५१ रन जोड्दा ४ विकेट गुमाएको थियो । चेन्नईका अलराउन्डर रविन्द्र जडेजाले तल्लोक्रममा आक्रामक रुपमा रन जोड्दै १० बलमा ३ चौका र १ छक्का सहित २५ रनमा अविजित रहे ।

चेन्नईले आज ओपनिङ जोडीमा परिवर्तन गर्दै युवा अलराउन्डर साम करनलाई फाफ डु प्लेसिससँग मैदान उतारेको थियो । सन्दीप शर्माको तेस्रो ओभरको पहिलो बलमा एज लाग्दै विकेटकिपर जोनी बेयरस्टोबाट क्याच हुँदै डु प्लेसिस गोल्डेन डग आउट हुन पुगे ।

त्यसपछि करनले आक्रामक ब्याटिङ गर्दै चेन्नईका ब्याट्सम्यानलाई दबाब महसुस हुन दिएनन् । सन्दीप शर्माले पाँचौ ओभरको चौथो बलमा बोल्ड आउट गर्नुअघि करनले २१ बलमा ३ चौका र २ छक्का सहित ३१ रनको योगदान दिए ।

तेस्रो विकेटका लागि अम्बाती रायुडु र वाटसनले ८१ रनको साझेदारी गर्दै चेन्नईलाई राम्रो योगफलको बाटो देखाए । तर यी दुबै ब्याट्सम्यान एक ओभरको अन्तरमा क्याच आउट हुन पुगे । खलिल अहमदको १६ औं ओभरको दोस्रो फुलटस बलमा छक्काको लागि प्रयास गरेका रायुडु लङअफमा कप्तान डेभिड वार्नरको हातबाट ४१ रनमा समातिन पुगे ।

रायुडुले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गरे । टि नटराजनको १७ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा वाटसन मनिष पान्डेबाट लङअफमै ४२ रनमा क्याच आउट हुन पुगे । वाटसनले ३८ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।

टि नटराजनको १९ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका महेन्द्रसिंह धोनी केन विलियम्सनबाट २१ रनमा क्याच आउट भएका थिए । धोनीले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे । ड्वने ब्राभोलाई अन्तिम ओभरको पहिलो बलमै खलिलले बोल्ड आउट गरे । दीपक चहर २ रनमा अविजित रहे ।

सन्दीप शर्माले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । टि नटराजनले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । खलिल अहमदले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.