default_image

5 years ago

October 14, 2020

राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्दै दिल्ली

162 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३० औं खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । दिल्लीले आज टोलीमा एक परिवर्तन गरेको छ । युवा तीव्र गतिका बलर तुषारदेशपान्डेलाई डेब्यु खेल खेलाएको छ । दिल्लीले हर्षल पटेलको स्थानमा तुषारदेश पान्डेलाई मौका दिएको हो । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई भने लगातार आठौं खेलमा बेन्चमा राखेको छ । राजस्थाले भने सनराजर्स हैदराबादसँगको टोलीलाई निरन्तरता दिएको छ ।

दिल्ली छैटौं र राजस्थान चौथो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छन् । दिल्ली ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक तालिमा नेट रन रेटको आधारमा दोस्रो छ । यता राजस्थान भने ७ खेलमा ३ मा जित र ४ मा हार सहित सातौं स्थानमा छ ।

आइपिएलमा दिल्ली र राजस्थानबीच कुल २१ खेल भएका छन् । दिल्ली १० खेलमा विजयी हुँदा ११ खेलमा पराजित भएको छ । जारी सिजनको पहिलो खेलमा दिल्लीले राजस्थानलाई ४६ रनले पराजित गरेको थियो ।

दिल्लीको प्लेइङ ११ – पृथ्वी शा, शिखर धवन, एलेक्स केरि (विकेटकिपर), श्रेयस ऐर (कप्तान), अजिंक्या रहाणे, मार्कस स्टोइनिस, रविचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, एनरिच नोर्टजे र तुषारदेशपान्डे ।

राजस्थानको प्लेइङ ११ – जस बटलर (विकेटकिपर), रोबिन उथप्पा, स्टिभ स्मिथ (कप्तान), सन्जु स्यामसन, रियान पराग, राहुल टेवाटिया, जोफ्रा आर्चर, कार्तिक त्यागि, श्रेयस गोपाल, जयदेव उनदकट र बेन स्टोक्स

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.