5 years ago
December 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको छनोट समितिमा नेपाली क्रिकेटका पहिलो कप्तान उत्तम कर्माचार्यको संयोजकत्वमा छनोट समिति निर्माण गरेको छ ।

क्यानको मंसिर १५ मा बसेको बोर्ड बैठकले दुई समिति निमार्ण गरेको छ । जसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पहिलो कप्तान उत्तम कर्माचार्यको संयोजकत्वमा छनोट समिति निर्माण गरेको जनाएको छ । त्यस्तै क्यानका उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजक रहने गरि क्रिकेट समिति पनि निर्माण गरेको बोर्ड बैठकले जनाएको छ ।
समितिलाई पूर्णता भने दिइएको छैन । क्रिकेट समिति र छनोट समितिका अन्य सदस्यहरु संघको आगमी बैठकबाट थप गरिने जनाएको छ । क्यान निलम्बनसँगै राष्ट्रिय क्रिकेट टोलीको छनोट कप्तान, प्रशिक्षक र आइसीसीका प्रतिनिधित्वले गर्दै आएका थिए ।
पछिल्लो पाँच बर्षमा छनोट समिति विनानै नेपाली क्रिकेट टोली घोषणा हुँदै आएको छ । कर्माचार्य सन् १९९६ मा मलेसियामा भएको प्रथम एसिसी ट्रफि इलेट कप नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलबाट औपचारिक सुरुवात गर्दा नेपाली क्रिकेट टोलीको कप्तानी गर्दै पहिलो कप्तान बनेका थिए ।
यो पनि : ‘नेपाली क्रिकेटको पहिलो कप्तान बनें’ – उत्तम कर्माचार्य
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]