5 years ago
December 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना (कोभिड१९) लाई जितेका छन् ।

सन्दीपले सामाजिक सञ्जाल मार्फत आफू कोरोना मुक्त भएको जनाएका छन् । सन्दीप गत आइतबार स्वासप्रस्वासमा समस्या देखिएपछि काठमाडौंमा रहेको ह्याम्स अस्पताल भर्ना भएका थिए । सन्दीपले १० दिनको आइसोलेसन बसाईपछि कोरोनालाई जितेका हुन् । सन्दीपले सबैलाई धन्यावाद दिएका छन् ।
शनिबार सन्दीपलाई कोरोना संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सामेल हुनुअघि गरिएको पिसिआर परिक्षणमा सन्दीपको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । सन्दीप राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण हुँदै बिग ब्यास लिग खेल्न डिसेम्बर दोस्रो साता अष्ट्रेलिया जाने तयारीमा थिए । सन्दीप अब बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जाने छन् । यस अघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले यस पटक भने होबार्ट हुरिकेन्सबाट खेल्ने छन् ।
सन्दीप इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्समा रहँदै संयुक्त अरव इमिरेट्स (यूएई) बाट कात्तिक २७ मा नेपाल फर्किएका थिए । सन्दीप तीन महिना पछि नेपाल फर्किएका थिए । गत साउन १५ मा नेपालबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज गएका थिए । जमैका तलावाजबाट सिपिएल खेलेका सन्दीपले १० खेलमा १२ विकेट लिएका थिए ।
सन्दीप सिपिएल खेलेर भदौ २९ मा संयुक्त अरब एमिरेट्स (यूएई) आइपिएल खेल्न पुगेका थिए । आइपिएलमा दिल्ली फाइनल सम्म पुगेपनि सन्दीप पुरै खेलमा बेन्चमा बसेर फर्किएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]