default_image

5 years ago

December 4, 2020

अष्ट्रेलियाले भारतविरुद्ध पहिला बलिङ गर्ने

121 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले तीन टि२० आई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा भारतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

मानुका ओभल क्यानबेरामा अष्ट्रेलियाले कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्। भारतको टोलिमा युवा तिव्र गतिका बलर टि नटराजनले डेब्यु गराउदा प्रमुख बलर जस्प्रित बुमराह टोलीमा छैनन् ।

यी दुबै टोलीले यस सिरिजलाई आगमी वर्ष भारतमा हुने टि२० विश्वकप तयारीको रुपमा लिने छन् । तीन ओडिआई सिरिज २–१ ले गुमाएको भारत टि२० सिरिज जित्दै आफ्नो साख जोखाउन चाहन्छ । अष्ट्रेलिया ओडिआई सिरिजको नतिजालाई निरन्तरता दिन खोज्ने छ ।

भारत र अष्ट्रेलियाबीच २० टि२० आई खेल भएका छन् । जसमा अष्ट्रेलिया ८ खेलमा विजयी हुँदा ११ खेलमा पराजित भएको छ । एक खेलको नतिजा बिहिन छ । भारतसँगको पछिल्ला पाँच टि२० खेलमा अष्ट्रेलिया तीन खेलमा विजयी भएको छ । पछिल्लो पटक यी दुई टोलीबीच गतवर्ष फ्रेबुअरीमा बंगलोरमा भारत अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो ।
टि२० वरियतामा इंग्ल्यान्ड शीर्ष, अष्ट्रेलिया दोस्रो र भारत तेस्रो स्थानमा छन् । इंग्ल्यान्ड र अष्ट्रेलियाको रेटिङ अंक समान २ सय ७५ छ । भारतको २ सय ६६ रेटिङ अंक छ । अष्ट्रेलिया भारतसँगको टि२० सिरिज जित्दै शीर्षस्थानमा फर्किन खोज्ने छ ।

भारतको प्लेइङ ११ :शिखर धवन, विराट कोहली (कप्तान), मनिस पान्डे, लोकेश राहुल (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, मोहम्मद शामी, वासिन्टन सुन्दर, दिपक चहर, सन्जु स्यामसन र टि नटराजन

अष्ट्रेलिया प्लेइङ ११ :आरोन फिन्च (कप्तान), डार्सी सर्ट, म्याथ्यु वेड, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, हेनरिक्स मोइसेस, सन एबट, मिचेल स्टार्क, मिचेल स्विपसन, एडम जाम्पा र जोश हेजलवुड

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.