5 years ago
December 6, 2020
एजेन्सी – इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको तीन ओडिआई खेलको सिरिज अन्तर्गत पहिलो खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ पछि बोल्याण्ड पार्क पार्लमा सुरु हुनेछ ।

पहिलो खेल शुक्रबार कप टाउनमा हुने कार्यतालिका भएपनि टस अघि दक्षिण अफ्रिका एक खेलाडी कोरोना संक्रमण देखिएपछि अन्तिम समयमा खेल स्थगित भएको थियो । दोस्रो खेल सोमबार र तेस्रो बुधबार हुने छ । तीन टि२० सिरिज ३-० ले हारेको दक्षिण अफ्रिकालाई ओडिआई सिरिज जित्नै पर्ने दबाब छ । टि२० सिरिजमा क्लिनस्विप गरेको हुँदा इंग्ल्यान्ड उच्च मनोबलका साथ मैदान प्रवेश गर्ने छ ।
चोटका कारण दक्षिण अफ्रिका प्रमुख तीव्र गतिका बलर कागिसो रबाडा टोलीमा छैनन् । दक्षिण अफ्रिका बलिङ युनिट केहि कमजोर बन्न सक्छ । कप्तान तथा विकेटकिपर क्विन्टन डी ककलाई ओडिआईमा उत्कृष्ट प्रर्दशन गर्न आवश्यक पर्दछ । टि२० सिरिजमा भने डी ककले अपेक्षित पर्दशन गर्न नसक्दा दक्षिण अफ्रिका केहि दबाबमा परेको थियो । डी ककको साथ जान्नेमान मलानले ओपनिङ गर्ने छन् ।
यी दुई ब्याट्सम्यानको सुरुवाती उत्कृष्ट प्रर्दशन गर्न सके तल्लोक्रमका ब्याट्सम्यानलाई खेल्न सहज हुने छ । टि२० सिरिजमा राम्रो प्रर्दशन गरेका रास्सी भान डर डुसेनले मध्यक्रमका राम्रो इनिङ खेल्दै टोलीलाई बलियो अवस्थामा पुर्याउन सक्छन् । जेजे स्मट्स, हेनरिक क्लासेन र डेभिड मिलरलाई मध्यक्रममा जिम्मेवारीका साथ उत्कृष्ट इनिङ खेल्न आवश्यक देखिन्छ ।

तीव्र गतिका बलरमा एन्डिलो फेहलुकुवओ, एनरिच नोर्किया र लुन्गी एनगिडीको सम्भावना छ । तबरेज शाम्सी इंग्ल्यान्डका ब्याट्सम्यानलाई टाउको दुखाईका स्पिनर बन्न सक्छन् । शाम्सीले टि२० सिरिजमा उच्च प्रर्दशन गरेका थिए ।
यता इंग्ल्यान्डले आफ्ना प्रमुख अलराउन्डर बेन स्टोक्स तीव्र गतिका बलर जोफ्रा आर्चर र युवा अलराउन्डर साम करनलाई ओडिआई सिरिजको लागि विश्राम दिएको छ । इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टो र जेसन रोय दुबै उत्कृष्ट इनिङका लागि चिनिन्छन् । यी दुई क्रिजमा लामो समय टिक्नु दक्षिण अफ्रिका घातक बन्ने छ ।

जो रुट, कप्तान ओईन मोर्गन र विकेटकिपर जस बटलर जस्ता विश्वस्तरिय उत्कृष्ट ब्याट्सम्यान हुँदा मध्यक्रम इंग्ल्यान्डको मजबुत छ । यी तीनै ब्याट्सम्यान म्याच विनर खेलाडी हुन् । तल्लोक्रममा साम विलिंग्सलाई खेलाउँदा अलराउन्डरमा टम करनलाई मैदान उतार्ने छ ।
तीव्र गतिका बलर क्रिस वोक्स र स्पिनर आदिल राशिद पनि ब्याटिङको क्षमता राख्ने हुँदा इंग्ल्यान्डको ब्याटिङमा गहिराई छ । मार्कवुड र लुईस ग्रेगरी तीव्र गतिका बलरको रुपमा खेल्ने सम्भावना छ । लुईसको स्थानमा ओली स्टोनलाई पनि मौका दिन सक्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]