5 years ago
December 8, 2020
एजेन्सी – अष्ट्रेलियासँगको तीन टि२० आई सिरिजमा पाहुना टोली भारतलाई क्लिनस्विपको अवसर छ ।

तीन टि२० आई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा ११ रन र दोस्रोमा ६ विकेटले विजयी हुँदै भारतले टि२० सिरिज एक खेल अगावै जितिसकेको छ । तेस्रो खेल आज सिड्नीमा हुँदै छ । खेल नेपाली समय अनुसार १ : ५५ पछि सुरु हुने छ । भारत क्लिनस्विप गर्ने सोचमा हुने छ । अन्तिम खेलमा अष्ट्रेलिया जित निकाल्दै आफ्नो साख बचाउन चाहन्छ ।
अष्ट्रेलियालाई ओपनर डेभिड वार्नरको अभाव टोलीमा देखिएको छ । चोटका कारण वार्नरले सिरिज गुमाइसकेका छन् । कप्तान आरोन फिन्च पनि टोलीमा चोटको कारण दोस्रो खेलमा उपलब्ध थिएनन् । तेस्रो खेलमा पनि हुने सम्भावना न्यून छ । मिचेल स्टार्क पारिवारिक कारण दोस्रो र तेस्रो टि२० खेलबाट आफ्नो नाम फिर्ता लिइसकेका छन् ।
दोस्रो खेलमा कप्तान समेत रहेका म्याथ्यु वेडेले ५८ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । तर स्टिभ स्मिथको कारण उनी रन आउट हुन पुगेका थिए । अर्का ओपनर डार्सी सटको स्थानमा एलेक्स केरीलाई मौका दिन सक्छ । स्टिभ स्मिथ र ग्लेन म्याक्सवेललाई उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ । हेनरिक्स मोइजेस भने राम्रो लयमा देखिएका छन् । मार्कस स्टोइनिस टोलीको नायक बन्न सक्छन् ।

स्पिनर एडम जाम्पा र मिचेल स्विपसनलाई उत्कृष्ट प्रर्दशन गर्न आवश्यक देखिन्छ । दोस्रो खेलमा कमजोर प्रर्दशन गरेका तीव्र गतिका बलर एन्ड्रयु टाई, जोश हेजलवुड र ड्यानियल साम्सलाई उच्च प्रर्दशन गर्न आवश्यक र दबाब दुबै छ ।
यता भारतका दुबै ओपनर राम्रो लयमा छन् । पहिलो खेलमा लोकेश राहुल र दोस्रो खेलमा शिखर धवनले अर्ध शतक प्रहार गरेका थिए । कप्तान विराट कोहली पनि राम्रो लयमा छन् । अष्ट्रेलियालाई जित निकाल्न हार्दिक पान्ड्याको लयलाई रोक्न प्रमुख चुनौती हुने छ ।
हार्दिकले पछिल्लो खेलमा उत्कृष्ट अन्त्य गर्ने क्रममा २२ बलमा ४२ रन जोड्दै प्लेयर अफ द म्याच चुनिएका थिए । युवा तीव्र गतिका बलर टि नटराजन राम्रो लयमा छन् । डेब्यू टि२० सिरिज खेलि रहेका उनले पहिलो खेलमा तीन विकेट र दोस्रो खेलमा दुई विकेट लिएका थिए । योर्कर फ्याँक्न सिपालु नटराजन अष्ट्रेलियालाई घातक बन्न सक्छन् ।

सुरुवाती दुवै खेलमा विश्राम दिएका जस्प्रित बुमराह आज पनि मैदान बाहिर रहने सम्भावना छ । स्पिनरमा युजभेन्द्र चहल र वासिन्टन सुन्दरको जोडीलाई निरन्तरता दिने छ । तीव्र गतिका बलरमा नटराजनसँगै शार्दुल ठाकुर र मोहम्मद शामीको सम्भावना छ ।
अष्ट्रेलियाले सन् २०१५/१६ मा घरेलु मैदानमा भारतसँग तीन टि२० सिरिजमा क्लिनस्विपको हार बेहोरेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]