default_image

5 years ago

December 8, 2020

अष्ट्रेलियाविरुद्ध भारतले पहिला बलिङ गर्ने

150 views

0 Bookmark

एजेन्सी – भारतले अष्ट्रेलियासँगको तेस्रो तथा अन्तिम टि२० आई खेलमा पहिला बलिङ गर्ने भएको छ । सिड्नी क्रिकेट मैदानमा भारतका कप्तान विराट कोहलीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

भारतले टोलीमा कुनै परिवर्तन गरेको छैन । यता अष्ट्रेलिया कप्तान अरोन फिन्च टोलीमा फर्किएका छन् । फिन्च फर्किदा अलराउन्डर मार्कस स्टोइनिस बेन्चमा बसेका छन् । तीन टि२० आई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा ११ रन र दोस्रोमा ६ विकेटले विजयी हुँदै भारतले टि२० सिरिज एक खेल अगावै जितिसकेको छ ।

भारत क्लिनस्विप गर्ने सोचमा हुने छ । अन्तिम खेलमा अष्ट्रेलिया जित निकाल्दै आफ्नो साख बचाउन चाहन्छ । अष्ट्रेलियाले सन् २०१५र१६ मा घरेलु मैदानमा भारतसँग तीन टि२० सिरिजमा क्लिनस्विपको हार बेहोरेको थियो ।

अष्ट्रेलिया प्लेइङ ११ : आरोन फिन्च, (कप्तान) म्याथ्यु वेड, डार्सी सर्ट, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, हेनरिक्स मोइसेस, सन एबट, डानियल साम्स, मिचेल स्विपसन, एडम जाम्पा र एन्ड्रयु टाई ।

भारतको प्लेइङ ११ : शिखर धवन, विराट कोहली (कप्तान), श्रेयस ऐर, लोकेश राहुल (विकेटकिपर), हार्दिक पान्ड्या, युजभेन्द्र चहल, शार्दुल ठाकुर, वासिन्टन सुन्दर, दिपक चहर, सन्जु स्यामसन र टि नटराजन

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.