5 years ago
December 8, 2020
एजेन्सी – ओपनर म्याथ्यु वेड र आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेलको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियाले तेस्रो तथा अन्तिम टि२० खेलमा भारतलाई १ सय ८७ रनको बलियो लक्ष्य दिएको छ ।

सिड्नीमा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । अष्ट्रेलियालाई विशाल योगफलमा पुर्याउन ओपनर म्याथ्यु वेडले ५३ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ८० रनको योगदान दिए । आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल ३६ बलमा ३ चौका र ३ छक्का सहित ५४ रनमा बोल्ड आउट भए । तेस्रो विकेटका लागि म्याक्सवेल र वेडले ५३ बलमा ९० रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
अष्ट्रेलियाको सुरुवात भने राम्रो हुन सकेन । दोस्रो ओभरको चौथो बलमा कप्तान आरोन फिन्च अष्ट्रेलियाले १४ रन जोड्दा शून्यमा क्याच आउट हुन पुगेका थिए । फिन्च स्पिनर वासिन्टन सुन्दरको बलमा मिडअफमा हार्दिक पान्ड्याबाट सहज क्याच आउट हुन पुगेका थिए । स्टिभ स्मिथलाई सुन्दरलेनै दशौं ओभरको चौथो बलमा २४ रनमा बोल्ड आउट गरे । स्मिथले २३ बलमा १ चौका प्रहार गरे । दोस्रो विकेटका लागि स्मिथ र वेडले ६५ रनको साझेदारी गरेका थिए ।
म्याक्सवेलले ब्यक्तिगत १९ रनमा जीवनदान पाएका थिए । १३ औं ओभरको अन्तिम बलमा म्याक्सवेल विकेटकिपर लोकेश राहुलबाट क्याच आउट हुन पुगेपनि स्पिनर युजभेन्द्र चहलले नो बल गरेको कारण उनी पुन : ब्याटिङको लागि क्रिजमा फर्किंएका थिए । जुन जीवनदान भारतलाई भारी पर्यो ।

वेडलाई १९ औं ओभरको दोस्रो बलमा शार्दुल ठाकुरले एलबिडब्लू आउट गरेका थिए । म्याक्सवेललाई अन्तिम ओभरको पहिलो बलमा टि नटराजनले बोल्ड आउट गरेका थिए । मोइजेस हेनरिक्स ५ र ड्यानियल साम्स ४ रनमा अविजित रहे । डार्सी सर्ट ७ रनमा रन आउट भए ।
भारतका स्पिनर वासिन्टन सुन्दरले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । तिव्र गतिका बलर टि नटराजनले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । शार्दुल ठाकुरले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । स्पनर युजभेन्द्र चहलले ४ ओभरमा ४१ रन खर्चिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]