5 years ago
December 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश क्रिकेट संघको आयोजनामा हुने गौतम बुद्ध कपको खेल तालिका र तीन टोलीमा रहने खेलाडीको नाम सार्वजनिक भएको छ ।

प्रतियोगिताका खेलहरु मंसिर २७ देखि ३० सम्म भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरमा निर्माण भइरहेको रहेको गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा आयोजना हुने छ । सबै खेल ५० ओभरको हुने छ । प्रतियोगितामा बागमती, नारायणी र राप्ती गरि तीन टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
बाग्मतीको कप्तानी राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले गर्ने छन् । नारायणीको राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले गर्ने छन् । राप्तीको कप्तानी विकेटकिपर विनोद भण्डारीले गर्ने छन् । राप्तीको टोलीमा घरेलु प्रतियोगिता सफल कप्तान शरद भेषवाकर भएपनि उनलाई कप्तानको जिम्मेवारी दिइएको छैन ।
बागमती क्रिकेट संघका सचिव दुर्गाराज पाठकका अनुसार विनोदलाई कप्तानी दिनुको कारण उनी पहिला देखिनै राष्ट्रिय टोलीमा बन्द प्रशिक्षणमा रहेको जनाएका छन् । शरद बन्द प्रशिक्षणमा दुई तीन दिन अगाडि मात्रै सामेल भएको र टोली पहिला नै बनिसकेको दुर्गाले जानकारी दिएका छन् ।
राष्ट्रिय टोलीका उप कप्तान दीपेन्द्र सिंह ऐरी र युवा ब्याट्सम्यान कुशल मल्ल भने प्रशिक्षणको क्रममा घाइते हुँदा कुनैपनि टोलीमा छैनन् । दीपेन्द्रको तिघ्राको पछिल्लो भागमा समस्या हुँदा कुशलको पाखुरामा चोट लागेको छ ।

पहिलो खेलमा मंसिर २७ मा बागमती र नारायणीबीच प्रतिस्पर्धा हुने छ । मंसिर २८ मा बागमती र राप्ती भिड्ने छन् । मंसिर २९ मा राप्ती र नारायणी भिड्ने छन् । शीर्ष दुई टोली उपाधिको लागि मंसिर ३० मा भिड्ने छन् । प्रदेश क्रिकेट संघले चितवन जिल्ला क्रिकेट संघसँग सहकार्य गर्दै प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता संचालनका लागि बागमती प्रदेश र भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गर्नेछन् । प्रतियोगिताको व्यवस्थापन क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले गर्नेछ ।
बागमती टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), अनिल कुमार शाह, सोमपाल कामी, राशिद खान, ललित नारायाण राजवंशी, सागर ढकाल, रोहित कुमार पौडेल, पवन सरार्फ, सुनिल धमला, बिक्रम शोब, प्रदीप ऐरी, भिम सार्की, आकाश थापा, संघर्ष पौडेल ।
नारायणी टोली : पारस खड्का (कप्तान), सुवाश खकुरेल, करण केसी, किशोर महतो, सुशन भारी, साहब आलम, आरिफ शेख, सन्दीप जोरा, रित गौतम, सिद्धान्त लोहनी, ईशान पान्डे, राजु रिजाल, दीपेश श्रेष्ठ र बिवेक यादव ।
राप्ती टोली : विनोद भण्डारी (कप्तान), कुशल भुर्तेल, अभिनाश बोहरा, कमल सिंह ऐरी, सुर्य तामाङ, भुवन कार्की, शरद भेषवाकर, लोकेश बम, आसिफ शेख, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, सुमित महर्जन, हरि चौहान र स्वप्निल अधिकारी ।

December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]