5 years ago
December 27, 2020
एजेन्सी – दिनेश चान्डिमल र धनञ्जय डी शिल्भाको अर्ध शतकको सहयोगमा श्रीलंकाले दक्षिण अफ्रिकाविरुद्ध पहिलो टेष्ट खेलमा बलियो प्रर्दशन गरेको छ ।

सुपर स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा पहिलो इनिङमा ८५ ओभरमा ३४०–६ को अवस्थामा छ । श्रीलंका दसुन शनका २५ र कसुन रजिथा ७ रनमा अविजित छन् ।
सुरुवात कमजोर गरेपनि चौथो विकेटका लागि चान्डिमल र शिल्भाले १ सय ३१ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए । चान्डिमल १ सय ६१ बलमा ११ चौका सहित ८५ रनमा आउट भए । डी शिल्भा १ सय ६ बलमा ११ चौका र १ छक्का सहित ७९ रनमा रिटायर्ट हर्ट भएका छन् । यी दुई बीचको साझेदारी ६६ औं ओभरमा वियन मुल्डरले फाफ डु प्लेसिसबाट क्याच गराउँदै तोडेका थिए ।

पाँचौ विकेटका लागि चान्डिमल र निरोशन डिक्वेलालले ९९ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका हुन् । मुल्डरलेनै डिक्वेलालाई ४९ रनमा एलबिडब्लू आउट गरे । डिक्वेलाले ८६ बलमा ६ चौका प्रहार गरे । कप्तान दिमुथ करुणरत्नेलाई लुन्गी एनगिडीले २२ रनमा बोल्ड आउट गरे । कुशल परेरा १६ र कुशल मेन्डिस १२ रनमा आउट हुन पुगेपछि एक समय कमजोर सुरुवात गरेका थिए ।
दक्षिण अफ्रिका वियन मुल्डरले ३ विकेट लिएका छन् । लुन्गी एनगिडी, लुथो सिम्पला, एनरिच नोर्कियाले १–१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]