5 years ago
December 27, 2020
एजेन्सी – कप्तान केन विलियम्सनको सानदार शतकमा न्युजिल्यान्डले पाकिस्तानसँगको पहिलो टेष्ट खेलमा दोस्रो दिनको समाप्तिमा विशाल अग्रता लिएको छ ।

दोस्रो दिनको समाप्ति सम्म न्युजिल्यान्डले पहिलो इनिङमा ४ सय १ रनको विशाल अग्रता लिएको छ । पाकिस्तानले पहिलो इनिङमा २० ओभरमा १ विकेट गुमाउँदै ३० रन बनाएको छ । ओपनर सन मसुद १० रनमा आउट हुँदा आविद अली १९ रनमा अविजित छन् ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्ड पहिलो इनिङमा १ सय ५५ ओभरमा ४ सय ३१ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका कप्तान केन विलियम्सले २ सय ९७ बलमा १२ चौका र १ छक्का सहित १ सय २९ रनको शतकीय इनिङ खेले । विलियम्सनको यो टेष्ट करिअरको २३ औं टेष्ट शतक हो ।
अनुभवी ब्याट्सम्यान रस टेलरले ७०, विकेटकिपर बिजे वाटलिङले ७३ र हेनरिक निकोल्सले ५६ रनको योगदान दिए । काइल जामिसन ३२, निल वाग्रर र मिचेल सान्टनर १९–१९ रनको योगदान दिए । पाकिस्तानका तीव्र गतिका बलर शाहिन अफ्रिदले सर्वाधिक ४ विकेट लिए । स्पिनर यासिर शाहको नाममा ३ विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]