5 years ago
December 27, 2020
एजेन्सी – कप्तान अजिक्या रहानेको सानदार शतकमा भारतले अष्ट्रेलियाविरुद्ध दोस्रो टेष्ट खेलमा बलियो प्रर्दशन गर्दै अग्रता लिएको छ ।

दोस्रो दिनको समाप्तिमा भारतले अष्ट्रेलियाविरुद्ध पहिलो इनिङमा ८२ रनको अग्रता लिएको छ । भारत पहिलो इनिङमा ९१.३ ओभरमा २ सय ७७ रन बनाउन ५ विकेट गुमाएको छ । कप्तान अजिंक्या रहानेले कप्तानी इनिङ खेल्दै १ सय ४ रनमा अविजित छन् । रहानेले २ सय बलमा १२ चौका प्रहार गरेका छन् । रहानेको यो टेष्ट करिअरको १२ औं टेष्ट शतक हो ।
रहानेलाई अलराउन्डर रविन्द्र जडेजाले १ सय ४ बलमा १ चौका सहित ४० रनमा अविजित रहँदै राम्रो साथ दिएका छन् । छैटौं विकेटका लागि रहाने र जडेजाले १ सय ४ रनको अविजित शतकीय साझेदारी गर्दै बलियो योगफलको बाटोतर्फ अघि बढाएका हुन् ।
ओपनर मयंक अग्रवाल शून्यमा आउट भएपनि सुभमन गिलले राम्रो सुरुवात दिलाए । भारतका लागि टेष्टमा डेब्यू खेल खेलि रहेका गिलले ६५ बलमा ८ चौका सहित ४५ रन जोड्दै राम्रो सुरुवात दिएका थिए । गिललाई प्याट कमिन्सले कप्तान टिम पेइनबाट क्याच आउट गराए । चेतेश्वर पुजरा भने १७ रनमा क्याच आउट हुन पुगे । कमिन्सले उनलाई पेइनबाटै क्याच आउट गराएका थिए ।
हनुमा विहारी २१ र ऋषभ पन्तलाई २९ रनमा आउट गर्दै अष्ट्रेलियाले खेलमा पकड जमाउन खोजेको थियो । तर रहाने र जडेजाले भारतलाई सम्हाल्दै इनिङमा अग्रता बढाएका छन् । अष्ट्रेलिया प्याट कमिन्सल र मिचेल स्टार्क २–२ विकेट लिएका छन् ।

त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलिया ७२.३ ओभरमा १ सय ९५ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया मार्नस लाबुसेनले १ सय ३२ बलमा ४ चौका सहित सर्वाधिक ४८ रनको योगदान दिए ।
ओपनर जो बर्न्सलाई जस्प्रित बुमराहले विकेटकिपर ऋषभ पन्तबाट शून्यमा क्याच आउट गराएका थिए । स्पिनर रविचन्द्रन आश्विनले म्याथ्यु वेडलाई ३० र प्रमुख ब्याट्सम्यान स्टिभ स्मिथलाई शून्यमा क्याच आउट गरेपछि अष्ट्रेलियाले संघर्ष गरेको थियो । ट्राभिस हेड ३८, क्यामरन ग्रिन १२, टिम पेइन १३ र नाथन लायनले २० रनको योगदान दिए ।
अष्ट्रेलिया कुनैपनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् । भारतका जस्प्रित बुमराहले ४ र रविचन्द्रन आश्विनले ३ विकेट लिए । डेब्यू टेष्ट खेल खेलि रहेका मोहम्मद सिराजले २ र रविन्द्र जडेजाले १ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]