5 years ago
December 27, 2020
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को पुरुष एसोसिएट प्लेयर अफ द डिकेड (दशकको उत्कृष्ट) अवार्ड स्कटल्यान्डका कप्तान काइल कोट्जरले जितेका छन् ।

यस अवार्डमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का मनोनयनमा परेपनि अर्वाड भने जित्न सकेनन् । आइसीसीले पछिल्लो एक दशकमा उत्कृष्ट प्रर्दशन गर्ने एसोसिएट खेलाडीको लागि प्रदान गने अवार्ड घोषणा गरेको थियो ।
आइसीसी एसोसिएट प्लेयर अफ द डिकेट अवार्डमा कोट्जरसँगै नेपालका पारस खड्का, कलुम म्याक्लेओड, रिची बेरिंगटन, पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयन सूचिमा परेका थिए । आइतबार आइसीसीले कोट्जरले जितेको घोषणा गरेको थियो ।
पारसले पछिल्लो एक दशकमा नेपाललाई डिभिजन पाँच देखि ओडिआई मान्यतासँगै टि२० विश्वकमा पुर्याउन सर्वोत्कृष्ट प्रर्दशन र कप्तानी गरेका थिए । पछिल्लो एक दशकमा एसोसियट टोलीमा पारसले उत्कृष्ट प्रर्दशन गर्दै आएका थिए ।
यता अवार्ड जितेका कोट्जले पछिल्लो एक दशकमा स्कटल्यान्डबाट उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । एसोसिएटको सर्वोत्कृष्ट टोली बनाएका कोट्जरको प्रर्दशन पनि उत्कृष्ट छ । उनकै कप्तानीमा सन् २०१८ मा स्कटल्यान्डले इंग्ल्यान्डलाई हराएको थियो । उनले दुई वर्षअघि ईपिएलमा पोखरा राइनोजबाट खेलेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]