default_image

5 years ago

December 28, 2020

लुम्बिनीलाई एपिएफको मध्यम लक्ष्य

108 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – महिला प्रधानमन्त्री राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ए को अन्तिम खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई १ सय २३ रनको मध्यम लक्ष्य दिएको छ ।

देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २२ रन बनाए । एपिएफकी ओपनर ज्योती पान्डेले सर्वाधिक ४९ रनको योगदान दिइन् । १९ औं ओभरको पहिलो बलमा नेरी थापाले बोल्ड आउट गनुअघि ५४ बलमा १ चौका प्रहार गरिन् ।

नेरीलेनै नवौं ओभरको तेस्रो बलमा ओपनर राजमती ऐरीलाई ११ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएकी थिइन् । इन्दु बर्मालाई कृतिका मरासैनीले १८ औं ओभरको चौथो बलमा २८ रनमा बोल्ड आउट गरेकी थिइन् । इन्दुले ३० बलमा ४ चौका प्रहार गरिन् ।

ममता चौधरी ४ रनमा आउट हुँदा सरिता मगर १० र सोनु खड्का २ रनमा अविजित रहे । कप्तान नेरी थापाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । कृतिका मरासैनी र सरस्वती पुनले १–१ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.