5 years ago
December 28, 2020
दाङ (हाम्रो खेलकुद) – विभागीय टोली एपिएफ लमहीमा जारी महिला प्रधानमन्त्री राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपिएफले सोमबार आफ्नो समूह चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ६१ रनले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । जितका लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली लुम्बिनी २० ओभरमा ७ विकेट गुमाउँदै ६१ रन बनाए । लुम्बिनीकी लक्ष्मी चौधरीले सर्वाधिक ११ रनको योगदान दिइन् । उपकप्तान सरस्वती पुन १० र स्वस्तिका बजागाईं ४ रनमा अविजित रहिन् ।
तेस्रो ओभरको दोस्रो बलमा सोनु खड्काले ओपनर नितु भण्डारीलाई शून्यमा बोल्ड गर्दै पहिलो सफलता दिलाएकी थिइन् । चौथो ओभरको तेस्रो बलमा रेखा रावलले कप्तान नेरी थापामगरलाई १ रनमा कटएण्ड बोल्ड आउट गरिन् । पाँचौं ओभरको दोस्रो बलमा गिता गोसाई ४ रनमा रन आउट हुन पुगिन् । स्पिनर करुणा भण्डारीले सरस्वती घर्तीमगरलाई ७ र लक्ष्मी चौधरीलाई ११ रनमा बोल्ड आउट गरेपछि लुम्बिनी ३९–५ को कमजोर अवस्थामा पुगेको थियो । तल्लोक्रमका वर्षा राना २ र शर्मीला मगर १ रनमा आउट भइन् ।
स्पिनर करुणा भण्डारीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिइन् । सोनु खड्का र रेखा रावलले १–१ विकेट लिए ।
त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २२ रन बनाए । एपिएफकी ओपनर ज्योती पान्डेले सर्वाधिक ४९ रनको योगदान दिइन् । १९ औं ओभरको पहिलो बलमा नेरी थापाले बोल्ड आउट गनुअघि ५४ बलमा १ चौका प्रहार गरिन् ।

नेरीलेनै नवौं ओभरको तेस्रो बलमा ओपनर राजमती ऐरीलाई ११ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएकी थिइन् । इन्दु बर्मालाई कृतिका मरासैनीले १८ औं ओभरको चौथो बलमा २८ रनमा बोल्ड आउट गरेकी थिइन् । इन्दुले ३० बलमा ४ चौका प्रहार गरिन् ।
ममता चौधरी ४ रनमा आउट हुँदा सरिता मगर १० र सोनु खड्का २ रनमा अविजित रहे । कप्तान नेरी थापाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । कृतिका मरासैनी र सरस्वती पुनले १–१ विकेट लिए ।
समूह ए को विजेता एपिएफले समूह बी को उप विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ । लुम्बिनीले समूह बी को विजेतासँग प्रतिस्पर्धा गर्ने छ । समूह बी को खेल मंगलबार देखि सुरु हुने छन् । समूह बी मा बागमती, प्रदेश नम्बर १, गण्डकी र सुदूरपश्चिम छन् । सेमिफाइनल पुस १८ र फाइनल पुस १९ मा हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]