default_image

5 years ago

December 28, 2020

कोहलपुर ओपन क्रिकेट प्रतियोगिता हुने

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोहलपुर ओपन क्रिकेट प्रतियोगिता पुष २० गते देखि २८ गते सम्म कोहलपुर क्रिकेट मैदानमा आयोजना हुने भएको छ।

प्रतियोगिताको आयोजक शारदा एजुकेसन पार्कले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयोजनाको अधिकारिक घोषणा गरेको हो । प्रतियोगिताको व्यवस्थापन कोहलपुर क्रिकेट एकेडेमीले गर्नेछ ।

बिबि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फेसन वेयरले प्रायोजन गर्ने प्रतियोगितामा देशभरका बिभिन्न शहरका टिमहरु सहभागी हुनेछन्। लुम्बिनी प्रदेश लगायत काठमाडौँ, भैरहवा, दाङ, नेपालगञ्ज, सुर्खेत जस्ता बिभिन्न स्थानका १६ टोलिहरु नक आउट प्रतियोगितामा भाग लिने प्रतियोगिताका संयोजक विनायक गिरिले पत्रकार सम्मेलनमा जानकारी गराए।

‘पछिल्लो समय देशमै तथा कोहलपुर क्षेत्रमा क्रिकेट गतिविधिहरु कम छ त्यसैलाई मध्यनजर गर्दै तथा स्थानीय प्रतिभाहरुलाई एक्सपोजर प्रदान गर्न पनि प्रतियोगिता आयोजना गर्न अघि बढेका हौँ। कोहलपुर सहरलाई पनि खेल मार्फत पनि अघि बढाउदै कोहलपुर क्रिकेट टुर्नामेन्ट लाई प्रदेशकै उत्कृष्ट प्रतियोगिता बनाउने उद्देश्य पनि हो। त्यसैले स्तरीय प्रतियोगिता आयोजना गर्न स्थानीय युवाहरु प्रतिवद्ध भएर अघि बढेका हौँ,’ गिरिले बताए।

प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँ तथा उपविजेताले २१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताकै उत्कृस्ट खेलाडी, उत्कृस्ट ब्याट्सम्यान र उत्कृस्ट बलरले जनही १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको सम्पूर्ण खेलहरुको आयोजना हुनेछ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.