default_image

5 years ago

December 31, 2020

टियू मैदानमा आदिलको दोहोरो शतक

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर ब्याट्सम्यान आदिल खानले काठमाडौंमा जारी प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती छनोटमा दोहोरो शतक प्रहार गरेका छन् ।

टियू क्रिकेट मैदानमा भएको खेलमा आदिलले ललितपुर जिल्लाबाट त्रिभुवन विश्वविद्यालयविरुद्ध दोहोरो शतक बनाएका हुन् । टीयुमा टस जितेर पहिला ब्याटिङ रोजेको ललितपुरले ४० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ७५ रन बनाएको छ ।

ओपनर आदिल खानले १ सय २१ बलमा १६ चौका र १५ छक्का सहित २ सय १ रनको दोहोरो शतकीय इनिङ खेले । आदिलले शतक ८५ बलमा पूरा गरेका थिए । दोहोरो शतक १ सय २० बलमा पूरा गरेका थिए । आदिलले सुरुवाती ५० रन ४५ बलमा पूरा गरेका थिए । १ सय ५० रन आदिलले १ सय ४ बलमा पूरा गरेका थिए । आदिललाई अभय घर्तीमगरले क्याच आउट गराएका थिए ।

आशुतोष घिरायले ५८ बलमा १२ चौका र ३ छक्का सहित ८३ रन जोडे । पहिलो विकेटका लागि आशुतोष र आदिलले १८.३ ओभरमा १ सय ७४ रनको साझेदारी गरेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.