5 years ago
December 31, 2020
दाङ (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याटर रोमा थापा र काजल श्रेष्ठको अर्ध शतकको सहयोगमा लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा प्रदेश १ ले गण्डकी प्रदेशलाई १ सय ४८ रनको लक्ष्य दिएको छ ।

देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १ सय ४७ रन बनाए । विकेटकिपर काजल श्रेष्ठ ५७ बलमा ४ चौका सहित ५२ रनमा अविजित रहिन् । काजलले अन्तिम ओभरको चौथो बलमा अन्जली विश्वकर्मालाई लङअफमा चौका प्रहार गर्दै ५६ बलमा अर्ध शतक पूरा गरेकी थिइन् ।
रोमा थापा ४९ बल खेल्दै ८ चौका सहित ५१ रनमा अविजित रहिन् । रोमाले ४६ बलमा अर्ध शतक प्रहार गरेकी थिइन् । १९ औं ओभरको तेस्रो बलमा कप्तान शीला रेग्मी क्षेत्रीलाई चौका प्रहार गर्दै यस प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक पूरा गरेकी थिइन् ।

दोस्रो विकेटका लागि रोमा थापा र काजल श्रेष्ठले १ सय ११ रनको शतकीय साझेदारी गरेका थिए । जुन यस प्रतियोगिताको कुनैपनि विकेटलाई भएको सवार्धिक ठूलो साझेदारी पर्दछ । कप्तान रुविना बेलबासे क्षेत्रीलाई सातौं ओभरको चौथो बलमा कुसुम गोदरले कप्तान शीला रेग्मी क्षेत्रीबाट १५ रनमा क्याच आउट भइन् । रुविनाले १७ बलमा ३ चौका प्रहार गरिन् । गण्डकीले ७ बलर प्रयोग गरेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]