5 years ago
December 31, 2020
एजेन्सी – न्युजिल्यान्डका कप्तान केन विलियम्सन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को टेष्ट वरियतामा शीर्ष स्थानमा उक्लिएका छन् ।

विलियम्सनले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र अष्ट्रेलिया पूर्व कप्तान स्टिभ स्मिथलाई पछि टेष्ट वरियातमा पहिलो पटक शीर्षस्थानमा उक्लिन सफल भएका हुन् । विलियम्सनको ८ सय ९० अंक छ । कोहली दोस्रो स्थानमा छन् । कोहलीको अंक ८ सय ७९ छ । स्मिथ शीर्षस्थानबाट तेस्रोमा पुगेका छन् । स्मिथको ८ सय ७७ अंक छ ।
भारतीय क्रिकेट टोलीका अजिंक्या रहाणे छैटौं स्थानमा उक्लिएका छन् । बलिङतर्फ प्याट कमिन्स र अलराउन्डरमा बेन स्टोक्स शीर्षस्थानमा छन् ।
विलियम्सन पछिल्लो समय उत्कृष्ट लयमा छन् । उनले यसै साता पाकिस्तानविरुद्ध पहिलो टेष्टमा १ सय २९ रनको शतकीय इनिङ खेलेका थिए । डिसेम्बर पहिलो साता वेस्टइन्डिजविरुद्ध पहिलो टेष्टमा २ सय ५१ रनको उत्कृष्ट दोहोरो शतकीय इनिङ खेलेका थिए ।
पछिल्लो समयको लगातार उत्कृष्ट प्रर्दशनले विलियम्सन टेष्ट वरियातमा पहिलो पटक शीर्षस्थानमा उक्लिन सफल भएका हुन् । पाकिस्तान र न्युजिल्यान्डबीचको दोस्रो टेष्ट सिरिज आतइबारबाट सुरु हुँदै छ । पहिलो टेष्टमा न्युजिल्यान्ड १ सय १ रनले विजयी भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]