default_image

5 years ago

December 31, 2020

प्रधानमन्त्री कपको सेमिफाइनल समिकरण पूरा

91 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता सेमिफाइनल समिकरण पूरा भएको छ ।

समूह ‘ए’ बाट एपिएफ विजेता र लुम्बिनी प्रदेश उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका छन् । समूह ‘बी’ बाट प्रदेश १ समूह विजेता र सुदूरपश्चिम उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका छन् । दुबै सेमिफाइनल शनिबार हुने छन् । पहिलो सेमिफाइनलमा एपिएफ र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने छ । दोस्रो सेमिफाइनलमा प्रदेश १ र लुम्बिनीबीच प्रतिस्पर्धा हुने छ । फाइनल आइतबार हुने छ ।

एपिएफ तीनै खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो । पहिलो खेलमा कर्णालीलाई २ सय ४ रनले हराएको एपिएफले दोस्रो खेलमा प्रदेश नम्बर २ लाई ८ विकेट र लुम्बिनीलाई ६१ रनले पराजित गरेको थियो । लुम्बिनीले पहिलो खेलमा प्रदेश २ र कर्णालीलाई ९–९ विकेटले पराजित गर्दा एपिएफसँग ६१ रनले पराजित हुन पुगेको थियो ।

समूह बी बाट प्रदेश १ पनि अपराजित रह्यो । प्रदेश १ ले बागमतीलाई ४६ रन, सुदूरपश्चिमलाई ५ विकेट र गण्डकीलाई १ सय ४० रनले हराएको थियो । सुदूरपश्चिम ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रह्यो । सुदूरपश्चिमले पहिलो खेलमा गण्डकीलाई ५९ रन र प्रदेश १ सँग ५ विकेटले पराजित हुँदा बागमतीलाई २८ रनले हराएको थियो ।

प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्ने भएका छन् । उप-विजेता टोलीले ३ लाख र सेमिफाइनलबाट बाहिरिने बाँकी दुई टोलीले २५-२५ हजार प्राप्त गर्नेछन् । विधागततर्फ सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) ले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार र उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्ने छन् । सेमिफाइनल शनिबार र फाइनल आइतबार हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.