default_image

5 years ago

December 31, 2020

इशानको घातक बलिङमा काठमाडौं विजयी

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते अलराउन्डर ईशान पान्डेको घातक बलिङमा प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती छनोटमा काठमाडौंले विजयी सुरुवात गरेको छ ।

काठमाडौंले भक्तपुरलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको भक्तपुर ३३.४ ओभरमा ९७ रनमा अल आउट भएको थियो । भक्तपुरका अदित सुवेदी ३६, कृष कार्की २७ र सुवास खत्री १४ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । दायाँ हाते ईशान पान्डेले ७.४ ओभरमा २८ रन खर्चेर ५ विकेट लिए । सुमन उदयले ३ विकेट लिए ।

जितका लागि ९८ रनको विजयी लक्ष्य पछ्याएको २३.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । काठमाडौंको जितमा रविन जोशी २७, विभत्सु थापा १६ र जितेन्द्र सिंह ठकुरीले ३८ रनको योगदान दिए । भक्तपुरका सुवास खत्रीले ८ ओभरमा १ मेडन सहित १९ रन खर्चेर ४ विकेट लिए । धिरज अधिकारीको नाममा २ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.