default_image

9 years ago

September 25, 2016

ईपीएलको दोस्रो दिन दुइ खेलहरु

147 views

0 Bookmark

एभेरेस्ट प्रीमियर लिग क्रीकेटको दोस्रो दिन आज दुइ खेलहरु हुँदै छ । बर्षाको कारण पहिलो दिनको खेल प्रभावित भएपछी पहिलो दिन बिशाल वारियर्स र कान्तिपुर गुर्खासले समान १ अंक बाडेका थिए ।

tu-ground

तश्बिर सु बि कु

दोस्रो दिनको पहिलो खेलमा आज पन्चकन्या तेज र कलर्स एक्स-फ्याक्टर्स भिड्दै छन । शरद भेस्वाकरको कप्तानीमा रहेको पन्चकन्या तेजमा बिनोद दास , जितेन्द्र मुखिया, पृथु बास्कोटा , करन केसी जस्ता चर्चित खेलाडिहरु छन भने कलर्स एक्स-फ्याक्टर्स ज्ञानेन्द्र मल्लको कप्तानिमा सन्जम रेग्मि, राजेश पुलामी , अभिनास कर्न जस्ता अनुहारको साथमा उत्रने छ ।

त्यस्तै दोस्रो खेलमा बिनोड भन्डारिको सगरमाथा लेजेन्ड्सले बसन्त रेग्मिको कान्तिपुर गोर्खाजको सामना गर्नेछ । सगरमाथा लेजेन्ड्समा मेहेबुब आलम , परेश लोहनि, अनिल मन्डल जस्ता चर्चित खेलाडिहरु छन भने कान्तिपुर गोर्खाजमा प्रदिप ऐरे , सुबास खकुरेल जस्ता खेलाडिहरु छन ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.