default_image

5 years ago

January 16, 2021

‘टोलीको अवस्थाले विश्राम लिन पाइनँ’ – विनोद

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता पहिलो खेलमा गण्डकी प्रदेशविरुद्ध सानदार शतक प्रहार गरे ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रन बनाएको थियो । विनोद ७६ बलमा ९ चौका र ५ छक्का सहित १ सय ११ रनमा अविजित रहे । शतक प्रहार गरेका विनोदले खासै खुसी भने मनाएनन् । विनोदले खेलपछि को टिमसँग शतक हानेको छ त्यसमा भर पर्ने बताएका छन् । विनोदले पुष २२ मा २१ दिनको आइसोलेसन बसाईपछि कोरोनाई जितेका थिए ।

‘शतक हान्दा खुसी नै लाग्छ । अब अगाडिको खेल हेरौं । हामीले सोचेको फाइनल सम्म हो । हाम्रो टोलीका प्रमुख तीन खेलाडी (सोमपाल कामी, करण केसी र कुशल मल्ल) छैनन् । त्यसैले सबैलाई गाह्रो भइरहेको छ,’विनोदले खेलपछि भने, ‘म आफैं कोरोनाबाट निस्केको भर्खर ८–१० दिन भएको छ । म लिग म्याच नखेल्ने विचारमा थिएँ । तर तीन जना उनिहरु छैनन् । म पनि भएन भने गाह्रो हुन्छ भनेर जवरस्ती खेलेको हो । खेल्दा अहिले राम्रो त भएको छ । अगाडि के हुन्छ हेरौं ।’

विनोदले प्राय तल्लो मध्यक्रममा फिनिसरको भूमिकामा ब्याटिङ गर्नेगर्दछन् । गण्डकीविरुद्ध भने चौथो नम्बरमा ब्याटिङ गरेका थिए । ‘म खेल्न जादा टोली दबाबमा पनि थियो । शीर्षक्रमका ब्याट्सम्यानले खासै राम्रो प्रर्दशन गरेको थिएन । २०–२५ रन बनाएपनि लामो इनिङ कसैले पनि खेलेका थिएनन् । समय थियो । २२ ओभरमा गएको थियो । दबाब लिनुपर्ने थिएन । त्यसैले पछि खेल्न सजिलो भयो । खेलाडीले खेल अनुसार आफूलाई ढाल्नुपर्छ । मेरो माथिनै खेल्ने विचार थियो । आफूलाई समय दिनुपर्छ । हाम्रो टिमनै त्यहि अनुसारको छ । अहिले लोकेश आएकाले पनि पछाडि सोच्नुपर्ने छैन’, विनोदले भने ।

तीन खेलाडीको अनुपस्थितिबारे भने विनोदले टोलीको फाइदाको लागि नै केहि खेल नखेलाउने निर्णय लिएको बताए । ‘सोमपाल, करण र कुशलले अगाडिका तीन खेल खेल्न भ्याउथे तर खेलेनन् । अहिले हाम्रो प्रदेशसँग खेल छ । सुरुमा प्रदेशसँग तीन जना लिएर खेल्नी अनि विभागसँग हटाउँदा पछि खेल्न एकदमै गाह्रो हुन्छ, त्यसैले उनीहरुले सुरुवाती खेल पनि खेलेनन् । तीन खेलाडी नहुँदा जित्नै नसकिने भन्ने नभएको बताए । मिस हुन्छ । अरु खेलाडी जबरजस्ती खेलाएको हैन । सबैै खेलेको खेलाडी हो । त्यस्तो गाह्रो हुँदैन’, उनले भने ।

पिचको कारण नै स्पिनर साहब आलमलाई विश्राम दिँदै तीन तीव्र गतिका बलर खेलाएको भण्डारीले जनाएका छन् । उनले लामो समयपछि मैदान फर्केकाले पनि फिल्डिङ कमजोर भएको स्वीकारे । ‘११ महिनासम्म कसैले पनि फिल्डमा खेल्ने अवसर पाएको छैन । त्यहि भएर पनि फिल्डिङमा गाह्रो भएको हो । धेरैपछि ५० ओभरको खेल भएको हुँदा पनि सुरुमा गाह्रो भएको हो’, उनले प्रष्ट पारे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.