5 years ago
January 16, 2021
काठमाडौं(हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान आशिफ शेखले प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश एक विरुद्ध आक्रामक अर्धशतक प्रहार गरेका छन् ।

एपिएफका ओपनर आशिफ शेखले उत्कृष्ट सुरुवात दिलाउने क्रममा ३२ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ५९ रनमा क्याच आउट भएका छन् । आशिफले २९ बलमै अर्ध शतक प्रहार गरेका थिए । तीव्र गतिका बलर सोनु मण्डललाई नवौं ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै आशिफले अर्ध शतक प्रहार गरेका थिए । तर आशिफ त्यसै ओभरमा गलत सट खेल्दै क्याच आउट हुन पुगे ।
आशिफले नवौं ओभरको पहिलो बलमा मन्डललाई पहिलो नो बलमा छक्का, चौका, दोस्रो र तेस्रोमा छक्का प्रहार गर्दै सुरुवाती ३ बलमा २२ रन जोडेका थिए । तर पाँचौं बलमा ठूलो सट खेल्ने धुनमा मिडअफमा फिर्दोस अन्सारीबाट क्याच आउट हुन पुगे ।

ओपनर आशिफ र सुबास खकुरेलले पहिलो विकेटका लागि ८.५ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । सुबास १० र कप्तान शरद भेषावकर १२ रनमा खेलि रहेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एपिएफले ११ ओभरमा १ विकेट गुमाउँदै ८५ रन बनाएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]