default_image

5 years ago

January 16, 2021

श्रीलंकाविरुद्ध रुटको सानदार दोहोरो शतक

155 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुटले श्रीलंकाविरुद्ध पहिलो टेष्ट खेलमा सानदार दोहोरो शतक प्रहार गरेका छन् ।

तेस्रो दिन १ सय ६८ रनबाट खेल्न सुरु गरेका रुटले पहिलो सेसनमा दोहोरो शतक पूरा गरेका छन् । रुटले २ सय ९१ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै करिअरको चौथो दोहोरो शतक पूरा गरे । समग्रमा श्रीलंकाविरुद्ध रुटको दोस्रो दोहोरो शतक हो । रुटले मिड विकेटमा लासिथ एम्बुल्डेनियालाई चौका प्रहार गर्दै दोहोरो शतक पूरा गरेका थिए । रुट २ सय ९६ बलमा १६ चौका र १ छक्का सहित २ सय ६ रनमा रन खेलिरहेका छन् ।

रुटले श्रीलंकाविरुद्ध २०१४ मा घरेलु मैदान लर्ड्समा २ सय रनमा अविजित रहँदै करिअरको पहिलो दोहोरो शतक प्रहार गरेका थिए । पाकिस्तानविरुद्ध २०१६ मा घरेलु मैदान म्यानचेस्टरमा रुटले टेष्ट करिअरकै उत्कृष्ट प्रर्दशन गर्नेक्रममा २ सय ५४ रनको इनिङ खेलेका थिए । गतवर्ष रुटले न्युजिल्यान्डविरुद्ध हामिल्टनमा २ सय २६ रनको उत्कृष्ट दोहोरो शतकीय इनिङ खेलेका थिए । इंग्ल्यान्डले तेस्रो दिन पहिलो सेसनको खेल जारि रहँदा ३ सय ८२ रन बनाउँदै ७ विकेट गुमाएको छ ।

त्यसअघि दोस्रो दिन डेब्यू खेल खेलेका ड्यान लरेन्स १ सय ५० बलमा ६ चौका र १ छक्का सहित ७३ रनमा क्याच आउट भएका थिए । जोनी बेयरस्टो ४७, ज्याक क्रली ९ र डोम सिब्ले ४, जस बटलर ३० र साम करन शून्यमा आउट भए । श्रीलंका लासिथ एम्बुल्डेनियाले ३ र एसिथा फ्रेनान्डोले २ विकेट लिएका छन् ।

त्यसअघि गाले अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका पहिलो इनिङमा ४६.१ ओभरमा १ सय ३५ रनमा अल आउट भएको थियो । कप्तान दीनेश चान्डिमलले २८, कुशल परेरा २०, एन्जिालो म्याथ्युज २७ र दसुन शनका २३ रनको योगदान दिए ।

इंग्ल्यान्डका स्पिनर डोम सिब्लेले १०.१ ओभरमा ३ मेडन सहित ३० रन खर्चेर ५ विकेट लिए । तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले ३ र ज्याक लेचको नाममा १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.