default_image

5 years ago

January 17, 2021

आर्मीसँग कर्णालीको हार

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आर्मीले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

आइतबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कर्णालीलाई ८० रनले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । जितका लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले ३३.३ ओभरमा १ सय १५ रनमा आल अल आउट भयो । कर्णालीका कप्तान रविन्द्रजंग शाहीले ४२ बलमा ६ चौका सहित सर्वाधिक ३० रनको योगदान दिए । हेमन्त ओली १६ र दीनेश अधिकारीले १२ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।

विपिन रावल ७, निष्क्षल रावल ६, हिमान्शु शाही ३, दिवान पुन ९, राज शाह ८ र ललित प्याकुरेल ५ रनमा आउट भए । युनिस सिंह ६ रनमा अविजित रहे ।

आर्मीका स्पिनर सुशन भारीले ८.३ ओभरमा ३ मेडन सहित १९ रन खर्चेर ४ विकेट लिए । साहब आलमले १० ओभरमा १ मेडन सहित ४४ रन खर्चेर ३ विकेट लिए । रोहित पौडेलले २ र हरि चौहानले १ विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मी ४३.१ ओभरमा १ सय ९५ रनमा अल आउट भएको थियो । आर्मीका ओपनर अनिल मण्डलले १ सय १४ बलमा १४ चौका सहित सर्वाधिक ८९ रनको योगदान दिए । कप्तान विनोद भण्डारीले ५५ बलमा ३ चौका र १ छक्का सहित ४१ रनको योगदान दिए ।

तेस्रो ओभरको तेस्रो बलमा दीनेश अधिकारीले विकेटकिपर राजु रिजाललाई हेमन्त ओलीबाट शून्यमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । अनुज चुनराले युवा ब्याट्सम्यान रोहित कुमार पौडेललाई नवौं ओभरको तेस्रो बलमा विपिन रावलबाट ११ रनमा क्याच गराउँदै दोस्रो सफलता दिलाए । रोहितले १८ बलमा १ चौका प्रहार गरे । १३ औं ओभरको पहिलो बलमा हरि चौहानलाई राज शाहले ७ रनमा क्याच गराउएपछि आर्मी ४२–३ को अवस्थामा पुगेको थियो ।

खराब सुरुवात गरेको आर्मीलाई अनिल र विनोदले चौथो विकेटका लागि १ सय १५ रनको शतकीय साझेदारी गर्दै इनिङलाई उकासेका थिए । तर ३४ औं ओभरको पहिलो बलमा दिवान पुनले विनोदलाई एलबिडब्लू आउट गरेसँगै कर्णाली खेलमा फर्किको थियो । लोकेश ६ बलमा २ छक्का प्रहार गर्दै १३ रनमा क्याच आउट भए । भिम सार्की र साहब आमलले खाता खोल्न सकेनन् । राजेश पुलामी १६ र सुशन भारी ४ रनको योगदान दिए ।

कर्णालीका दिवान पुन, राज शाह र दिनेश अधिकारीले २–२ विकेट लिए । रविन्द्रजंग शाही, अनुज चुनरा र युनिस सिंहले १–१ विकेट लिए । पहिलो खेलमा आर्मीले गण्डकीलाई ९८ रनले पराजित गरेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.