default_image

5 years ago

January 18, 2021

बागमतीविरुद्ध पहिला बलिङ गर्दै सुदूरपश्चिम

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता चौथो दिन पाँचौ खेलमा सुदूरपश्चिमले बागमतीविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान सन्तोष भट्टले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । बागमतीले आजको खेलमा एक परिवर्तन गरेको छ । स्पिनर अरियो पौडेललाई बेन्चमा राख्दै बिपिन आचार्यलाई मौका दिएको छ । यता सुदूरपश्चिमले हेमन्त धामी, सुरज तिरुवा र नरेन्द्र साउदलाई बेन्चमा राखेको छ ।

बागमती लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल यात्रा सहज बनाउन चाहान्छ । सुदूरपश्चिम विजयी सुरुवात गर्ने सोचमा छ । बागमतीले पहिलो खेलमा साविक विजेता पुलिसलाई ७ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको थियो ।

पुलिसलाई हराउन बागमतीमा स्पिनर तिलकराज भण्डारी र तीव्र गतिका बलर नन्दन यादवले ४–४ विकेट लिएका थिए । यी दुवै खेलाडी सुदूरपश्चिमलाई घातक बन्न सक्छन् । ब्याटिङमा पृथु बास्कोटाले ४८ रनको विजयी इनिङ खेलेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का टोलीका प्रमुख ब्याटिङ हतियार हुन् ।

अरुण ऐरी, खडक बहादुर बोहरा र गजेन्द्र बोहरा शीर्षक्रमका ब्याट्सम्यान हुन् । युवा आक्रामक ब्याट्सम्यान किरण ठगुन्ना तल्लोक्रममा बागमतीलाई टाउको दुखाईका ब्याट्सम्यान बन्न सक्छन् । स्पिनर शेर मल्ल टोलीका प्रमुख हतियार हुन् । शेर तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता पनि राख्ने गर्दछन् । बायाँ हाते स्पिनर विनोद लामा पनि घातक बन्न सक्छन् ।

बागमतीको प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, पृथु बास्कोटा, ईशान पान्डे, रामनरेश गिरी, दीपेश श्रेष्ठ, आकाश थापा, आदिल खान, बिपिन आचार्य, तिलकराज भण्डारी र नन्दन यादव

सुदूरपश्चिमको प्लेइङ ११ : सन्तोष भट्ट (कप्तान), अरुण ऐरी, खडक बहादुर बोहरा, गजेन्द्र बोहरा, सन्जु दमाई, किरण ठगुन्ना, अर्जुन सावद, विनोद लामा, शेर मल्ल, नारायण जोशी र भोजराज भट्ट ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.