default_image

5 years ago

January 18, 2021

श्रीलंकामाथि इंग्ल्यान्डको सहज जित

130 views

0 Bookmark

एजेन्सी – श्रीलंकासँगको पहिलो टेष्ट खेलमा इंग्ल्यान्ड ७ विकेटले विजयी भएको छ । यो सँगै दुई टेष्ट खेलको सिरिजमा इंग्ल्यान्डले १-० को अग्रता लिएको छ ।

जितका लागि ७४ रनको सामान्य लक्ष्य पाएको इंग्ल्यान्डले २४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । जोनी बेयरस्टो ३५ र ड्यान लरेन्स २१ रनमा अविजित रहे । ज्याक क्रली ८, डोम सिब्ले २ र कप्तान जो रुट १ रनमा आउट भए ।

श्रीलंका दोस्रो इनिङमा ३ सय ५९ रनमा अल आउट भएको थियो । श्रीलंका पहिलो इनिङमा २ सय ८६ रनले पछि पर्दा दोस्रो इनिङमा राम्रो ब्याटिङ गरेपनि समग्रमा ७३ रनको अग्रता लिएको थियो । श्रीलंका ओपनर लाहिरु थिरिमानेले २ सय ५१ बलमा १२ चौका सहित १ सय ११ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए ।

पहिलो विकेटका लागि लाहिरु र कुशलले ३७.४ ओभरमा १ सय १ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । साम करनले ज्याक लेचबाट कुशललाई क्याच आउट गर्दै शतकीय साझेदारी तोडेका थिए ।

एन्जिलो म्याथ्युज ७१, कुशल परेरा ६२, दिनेश चान्डिमल २०, निरोसन डिक्वेला २९ र दिलरुवान परेरा २४ रनमा आउट भएका थिए । इंग्ल्यान्डका ज्याक लेचले ५ विकेट लिए । डोम बेसले ३ र साम करनले २ विकेट लिए ।

त्यसअघि इंग्ल्यान्ड पहिलो इनिङमा ४ सय २१ रनमा अल आउट हुँदै २ सय ८६ रनको विशाल अग्रता लिएको थियो । इग्ल्यान्डका कप्तान जो रुटले ३ सय २१ बलमा १८ चौका र १ छक्का सहित २ सय २८ रनको उत्कृष्ट दोहोरो शतकीय कप्तानी इनिङ खेले ।

रुटले २ सय ९१ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै करिअरको चौथो दोहोरो शतक पूरा गरे । समग्रमा श्रीलंकाविरुद्ध रुटको दोस्रो दोहोरो शतक हो । रुटले मिड विकेटमा लासिथ एम्बुल्डेनियालाई चौका प्रहार गर्दै दोहोरो शतक पूरा गरेका थिए ।

रुटले श्रीलंकाविरुद्ध २०१४ मा घरेलु मैदान लर्ड्समा २ सय रनमा अविजित रहँदै करिअरको पहिलो दोहोरो शतक प्रहार गरेका थिए । पाकिस्तानविरुद्ध २०१६ मा घरेलु मैदान म्यानचेस्टरमा रुटले टेष्ट करिअरकै उत्कृष्ट प्रर्दशन गर्नेक्रममा २ सय ५४ रनको इनिङ खेलेका थिए । गतवर्ष रुटले न्युजिल्यान्डविरुद्ध हामिल्टनमा २ सय २६ रनको उत्कृष्ट दोहोरो शतकीय इनिङ खेलेका थिए ।

ड्यान लरेन्स १ सय ५० बलमा ६ चौका र १ छक्का सहित ७३ रनमा क्याच आउट भएका थिए । जोनी बेयरस्टो ४७, ज्याक क्रली ९ र डोम सिब्ले ४, जस बटलर ३० र साम करन शून्यमा आउट भए । श्रीलंका श्रीलंका दिलरुवान परेराले सर्वाधिक ४ विकेट लिए । लासिथ एम्बुल्डेनियाले ३ र असिथा फ्रेनान्डोले २ विकेट लिए ।

त्यसअघि गाले अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका पहिलो इनिङमा ४६.१ ओभरमा १ सय ३५ रनमा अल आउट भएको थियो । कप्तान दीनेश चान्डिमलले २८, कुशल परेरा २०, एन्जिालो म्याथ्युज २७ र दसुन शनका २३ रनको योगदान दिए । इंग्ल्यान्डका स्पिनर डोम सिब्लेले १०।१ ओभरमा ३ मेडन सहित ३० रन खर्चेर ५ विकेट लिए । तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले ३ र ज्याक लेचको नाममा १ विकेट रह्यो । दोस्रो टेष्ट जनवरी २२ देखि सुरु हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.