5 years ago
January 18, 2021
कठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर नेपाल आइपुगेका छन् । ह्वाटमोर आइतबार बेलुका नेपाल आइपुगेको क्यान निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार उनी क्वारेन्टाइनमा बसेका छन् ।

क्वारेन्टाइन बसाईको तीन चारदिनपछि उनी मैदानमा आउने बुझिएको छ । क्वारेनटाइनको बसाईपछि काठमाडौंमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय प्रतियोगितामा खेलाडीको प्रर्दशन हेर्ने छन् ।
क्यानले मुख्य प्रशिक्षकको रुपमा गत पुष २ मा अष्ट्रेलिया पूर्व ब्याट्सम्यान ह्वाटमोरलाई नियुक्त गरेको थियो । कुल ७२ जनाले नाम नेपाली क्रिकेटको मुख्य प्रशिक्षक बन्न आवेदन दिएका थिए । जसमा १५ जनाको नाम अन्तरवार्तामा बोलाएको थियो । १२ जना उपस्थित थिए । नेपाली क्रिकेट झण्डै एकवर्ष देखि विदेशी प्रशिक्षकविहिन छ ।
गत माघमा आइसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको एक दिवसिय त्रिकोणात्मक सिरिजसँगै भारतीय उमेश पटवालले राजीनामा दिएका थिए । आफ्नो पारिश्रमिकमा सम्झौता भन्दा बढी कर लगाएको भन्दै राजीनामा दिएका थिए ।
सन् १९५४ मार्च १६ मा कोलोम्बोमा जन्मेका ह्वाटमोर अष्ट्रेलियाका पूर्व ब्याट्सम्यान हुन् । उनले सन् १९७९ मार्चमा अष्ट्रेलियाबाट पाकिस्तानविरुद्ध मेलबर्नमा टेष्टमा डेब्यू गरेका थिए । तर लामो यात्रा गर्न सकेनन् । उनले त्यसैवर्ष नोभेम्बरमा मुम्बईमा भारतविरुद्ध अन्तिम टेष्ट खेल खेलेका थिए । उनले एक मात्र डेब्यू ओडिआई सन् १९८० मा वेस्टइन्डिजविरुद्ध जनवरीमा गरेका थिए ।
ह्वाटमोरले ७ टेष्टमा १३ इनिङमा ब्याटिङ गर्दै २ अर्ध शतक सहित २ सय ९३ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन ७७ रन छ । १ सय ८ प्रथम श्रेणी खेलमा उनले १० शतक र ३५ अर्ध शतक सहित ६ हजार १ सय १६ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन १ सय ७० रन छ । अन्तर्राष्ट्रिय क्रिकेटमा खेलाडीको रुपमा लामो यात्रा गर्न नसकेपनि प्रशिक्षकमा तीन दशक बिताई सकेका छन् ।
ह्वाटमोरले सन् १८८९ देखि प्रशिक्षण थालेका थिए । ह्वाटमोरको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ मा पहिलो पटक एक दिवसिय विश्वकप जितेको थियो । सन् २००३ देखि २००७ सम्म बंगलादेशमा प्रशिक्षकको रुपमा काम गरेका थिए । बंगलादेशले सन् २००७ मा एकदिवसिय विश्वकपमा भारत र दक्षिण अफ्रिकालाई हराएको थियो ।
आइपिएलमा २०१० र २०११ मा कोलकाता नाइट राइडर्सको प्रशिक्षकको रुपमा काम गरेका थिए । सन् २०१२ मार्चमा पाकिस्ताको प्रमुख प्रशिक्षकको रुपमा नियुक्त भएका थिए । पाकिस्तानले बंगलादेशलाई हराउँदै एसिया कप जितेको थियो । सन् २०१४ डिसेम्बरमा जिम्बावेको टोली सम्हालेका उनले २०१६ मे मा छोडेका थिए । २०२० फ्रेबुअरीमा सिंगापुरको प्रशिक्षकको रुपमा नियुक्त हुँदै केहि समय काम गरेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]