default_image

3 years ago

January 18, 2021

प्रदेश एकमाथि गण्डकीको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा गण्डकीले प्रदेश एकमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ । जितका लागि १ सय ३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीको जितमा दुई युवा ब्याट्सम्यान अर्जुन कुमाल र दीपक डुम्रेले ३५–३५ रनको योगदान दिए । २३ […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा गण्डकीले प्रदेश एकमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ ।

जितका लागि १ सय ३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीको जितमा दुई युवा ब्याट्सम्यान अर्जुन कुमाल र दीपक डुम्रेले ३५–३५ रनको योगदान दिए । २३ औं ओभरमा रन आउट हुनुअघि अर्जुनले ६८ बलमा ५ चौका प्रहार गरे ।

अर्जुन आउट भएको एक बलपछि शुवन्कर उराउले एलबिडब्लू आउट गर्नुअघि दीपकले ९४ बलमा ४ चौका प्रहार गरे । खराब सुरुवात गरेको गण्डकीलाई तेस्रो विकेटका लागि अर्जुन र दीपकले ५५ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तय गरेका थिए । तर तल्लोक्रमका ब्याट्सम्यान लगायतार आउट हुँदा गण्डकीले संघर्ष गर्नुपरेको थियो ।

अविषेक थापा ४० बलमा २ चौका सहित १३ रनमा अविजित रहे । राहुल उपाध्याय शून्य, समिर कंडेल १, दीपेश खत्री शून्य, पिविन खत्री ८ र दीनेश बुढामगर ७ रनमा आउट भए । प्रदेश एकका शुवन्कर उराउ र मिनाश थापाले २–२ विकेट लिए । दीपेश कंडेल र हेमन्त राईले १–१ विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश एक २७.४ ओभरमा १ सय २ रनमा अल आउट भएको थियो । प्रदेश एकका ओपनर मिनास थापाले २२, सिद्धान्त लोहनी २४, दीपक पासवान ११, शुवन्कर उराउ १२ र दीपेश कंडेल १० रनमा आउट भए । अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।

स्पिनर विशालले २८ औं ओभरको दोस्रो बलमा राजन मगरलाई राहुल उपाध्यायबाट ४ रनमा क्याच गराए । तेस्रो बलमा मनोज तामाङ र चौथो बलमा हेमन्त राईलाई शून्यमा एलबिडब्लू आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए । कप्तान विपिन खत्री र सुबास भण्डारीले शीर्ष र मध्यक्रम धरासय बनाएका थिए । प्रदेश एकका सबै विकेट स्पिनरले लिएका हुन् ।

युवा स्पिनर विशाल पौडेलले ६.४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । अर्का युवा स्पिनर सुबास भण्डारीले ७ ओभरमा ४ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए । कप्तान विपिन खत्रीले १० ओभरमा २ मेडन सहित ३४ रन खर्चेर २ विकेट लिए ।

गण्डकी पहिलो खेलमा आर्मीसँग ९८ रनले पराजित भएको थियो । तेस्रो खेलमा गण्डकीले मंगलबार कर्णालीसँग मुलपानीमै खेल्ने छ । प्रदेश एक पहिलो खेलमा एपिएफसँग १ सय ३५ रनले पराजित भएको थियो । तेस्रो खेलमा प्रदेश एकले आर्मीसँग बुधबार मुलपानीमा खेल्ने छ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.