5 years ago
January 18, 2021
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले बिग ब्यास लिग २०२०/२१ अन्तर्गत ४३ औं खेलमा सिड्नी थन्डरलाई ६ विकेटले पराजित गरेको छ ।

जितका लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । होबार्टको जितमा विकेटकिपर बेन म्याकडर्मोटले ५६ बलमा ८ चौका र ५ छक्का सहित ९६ रनको उत्कृष्ट विजयी इनिङ खेले । कप्तान पिटर ह्यान्डस्कोम्ब २१ र डेविड मलानले ४२ रनको योगदान दिए । सिड्नीका तनवीर संघाले २ विकेट लिए ।
त्यसअघि क्यानबेरामा टस हारेर पहिला ब्याटिङ थालेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । सिड्नीका साम बिलिंग्सले ३४ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिए । उस्मान खवाजा २७, एलेक्स हेल्स २९ र क्यालुम फर्गुसन २३ रनको योगदान दिए । होबार्टका स्कट बोल्यान्डले ४ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । नाथन इल्सको नाममा १ विकेट रह्यो ।
सन्दीपले ४ ओभरमा २८ रन खर्चिदा विकेट भने लिन सकेनन् । यसअघिको खेलमा सन्दीप पर्थ स्कोचर्सविरुद्ध विकेटविहिन बनेका थिए । उक्त खेलमा सन्दीपले ३ ओभरमा २३ रन खर्चेका थिए । होबार्टले शुक्रबार पर्थ स्कोचर्सविरुद्ध खेल्ने छ । होबार्ट ११ खेलमा ६ मा जित र ५ मा हार सहित २३ अंकका साथ चौथो स्थानमा छ ।
सिड्नी विरुद्ध सन्दीपको चार ओभर
सन्दीपलाई होबार्टले पाँचौं ओभरमा बलिङमा ल्याएको थियो । पहिलो बल हेल्सलाई डट राखेका उनले दोस्रो बलमा एक रन खर्चिए । तेस्रो बलमा उस्मान खवाजालाई पनि एक रन दिए । चौथो बलमा वाइड, एक रन, पाँचौ डट र अन्तिम बलमा लेगवाईका रुपमा दुई रन खर्चेका थिए ।
सन्दीपले सातौं ओभरको पहिलो बलमा हेल्सलाई एक र दोस्रोमा खवाजालाई दुई रन खर्चिए । तेस्रो बल डट राखे । खवाजाले चौथो बलमा कभर प्वाइन्टमा चौका प्रहार गरेका थिए । पाँचौ र छैटौं बलमा एक एक रन खर्चिए ।
दशौं ओभरको पहिलो बल डट राख्दा अन्य पाँचै बलमा एक एक रन खर्चेका थिए । आफ्नो अन्तिम स्पेल लिएर आएका सन्दीपले पहिलो बलमा बिलिंग्सलाई एक रन दिँदा दोस्रो बलमा फर्गुसनले चौका प्रहार गरे । तेस्रो र चौथो बलमा एक एक रन खर्चिए । पाँचौ बलमा वाइड र डट गरे । अन्तिम बलमा पुनः वाइड फालेका सन्दीपले त्यसपछि एक रन दिँदै स्पेल सकाउँदा विकेट विहिन बनेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]