5 years ago
January 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा गण्डकीले कर्णालीलाई २ सय ५ रनको मध्यम लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकी ४२.३ ओभरमा २ सय ४ रनमा अल आउट भयो । गण्डकीका मध्यक्रमका ब्याट्सम्यान राहुल शर्मा उपाध्यायले सर्वाधिक ५३ रनको योगदान दिए । त्यस्तै युवा ब्याट्सम्यान अर्जुन कुमालले १ सय ६ बलमा ६ चौका सहित ४६ रनको योगदान दिए ।
गण्डकीले सुरुवात भने कमजोर गरेको थियो । दोस्रो ओभरको चौथो बलमा अनुज चुनाराले दीपेश खत्रीलाई शून्यमा बोल्ड आउट गरेका थिए । दीनेश अधिकारीले समिर कंडेललाई दुई रनमा हेमन्त ओलीबाट क्याच आउट गराए । चुनाराले युवा ब्याट्सम्यान दीपक डुम्रेलाई शून्यमा बोल्ड गर्दा गण्डकी २७–३ को अवस्थामा पुगेको थियो ।

चौथो विकेटका लागि अर्जुन र राहुल शर्मा उपाध्यायले ९५ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई सम्हालेका थिए । यी दुई गुरु चेलाबीचको साझेदारीले गण्डकीलाई राम्रो योगफलको बाटो तल्लोक्रमका ब्याट्सम्यान चल्न नसस्दा मध्यम योगफलमै समेटिन पुगेको हो ।
२८ औं ओभरको चौथो बलमा दिवान पुनले राहुललाई ५३ रनमा एलबिडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । राहुलले ६४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । चौथो विकेटको साझेदारीपछि भने गण्डकीका ब्याट्सम्यान क्रिजमा धेरै समय टिक्न सकेनन् । अभिषेक थापा ४ रनमै क्याच आउट भए ।

अर्जुन कर्णालीका कप्तान रविन्द्रजंग शाहीको बलमा कटविहाइन्ड हुँदै विकेटकिपर विपिन रावलबाट समातिन पुगेपछि राष्ट्रिय प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक पूरा गर्न चुकेका थिए । दीनेश बुढामगर १०, सुवास भण्डारी र बिशाल पौडेल १५ रनमा आउट भए । कप्तान विपिन खत्री ३४ बलमा २ चौका र ३ छक्का सहित ३२ रनमा क्याच आउट भए ।
कप्तान रविन्द्रजंग शाहीले १० ओभरमा २ मेडन सहित ३८ रन खर्चेर १ विकेट लिए । दीनेश अधिकारीले ६.३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । अनुज चुनारा ७ ओभरमा १ मेडन सहित २५ रन खर्चेर २ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]