default_image

3 years ago

January 19, 2021

सन्दीप र सौरभ चम्कँदा प्रदेश २ लाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – सन्दीप रजाली र सौरभ खनालको अर्धशतकको सहयोगमा चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा लुम्बिनीले प्रदेश २ लाई २ सय ५८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५७ रन बनायो । लुम्बिनीका सन्दीप रजालीले […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सन्दीप रजाली र सौरभ खनालको अर्धशतकको सहयोगमा चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा लुम्बिनीले प्रदेश २ लाई २ सय ५८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५७ रन बनायो । लुम्बिनीका सन्दीप रजालीले १ सय ७ बलमा ११ चौका सहित सर्वाधिक ८३ रनको योगदान दिए । सौरभ खनालले ६४ बलमा ५ चौका र ३ छक्का सहित ५६ रनमा आउट भए ।

पाँचौं ओभरको दोस्रो बलमा सैफुल्लाह अन्सारी सन्दीप सुनारलाई ११ रनमा एलबिडब्लू आउट गर्दै पहिलो सफलता दिलाएका थिए । सन्दीपले ११ बलमा २ चौका प्रहार गरे । आठौं ओभरको पहिलो बलमा विकेटकिपर सुशान्त सिंह थापालाई दिव्यान्सु मलिकले ६ रनमा एलबिडब्लू आउट गरेका थिए ।

दशौं ओभरको दोस्रो बलमा प्रनित थापा मगर ८ रनमा क्याच आउट भएपछि लुम्बिनी ४२–३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि सन्दीप रजाली र सौरभले ९५ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

बिक्रम भुषाल ३८ बलमा ३ छक्का सहित ३६ रनमा रन आउट भए । कृष्ण कार्की १०, अनिल खरेल ६ र अमित तामाङले ११ रनको योगदान दिए ।

हरि शंकर शाहले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । दिब्यान्सु मलिकले १० ओभरमा १ मेडन सहित ४५ रन खर्चेर २ विकेट लिए । सैफुल्लाह अन्सारी, कुमार थापा र विशाल शुश्लिङले १–१ विकेट लिए ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.