default_image

5 years ago

January 19, 2021

कर्णालीको ऐतिहासिक जित

206 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा ऐतिहासिक जित निकालेको छ । कर्णालीले मंगलबार गण्डकीलाई ५ विकेटले हराउदै प्रधानमन्त्री कप इतिहासमा पहिलो जित निकालेका हो ।

जितका लागि २ सय ५ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले ३६.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीको जितमा मध्यक्रमका ब्याट्सम्यान हिमान्शु शाही ६० बलमा ७ चौका सहित सर्वाधिक ६८ रनमा अविजित रहे । दिवान पुन ८ रनमा अविजित रहे ।

कर्णालीलाई ओपनर विकेटकिपर विपिन रावलले ४५ बलमा ४ चौका र ३ छक्का सहित ४९ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । १७ औं ओभरको तेस्रो बलमा विपिन खत्रीले बोल्ड आउट गरेपछि अर्धशतक बनाउन एक रनले चुकेका थिए । ओपनर निष्क्षल रावललाई भने पहिलो ओभरको अन्तिम बलमा सुबास भण्डारीले शून्यमा बोल्ड आउट गरेका थिए ।

राज शाह ३० बलमा ५ चौका सहित ३२ रनमा बोल्ड आउट भए । कप्तान रविन्द्रजंग शाही ५ रनमा एलबिडब्लू आउट हुन पुगे । गण्डकीका कप्तान बिपिन खत्रीले १० ओभरमा ५५ रन खर्चेर ४ विकेट लिए । सुबास भण्डारीको नाममा १ विकेट रह्यो ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकी ४२.३ ओभरमा २ सय ४ रनमा अल आउट भएको थियो । गण्डकीका मध्यक्रमका ब्याट्सम्यान राहुल शर्मा उपाध्यायले सर्वाधिक ५३ रनको योगदान दिए । युवा ब्याट्सम्यान अर्जुन कुमालले १ सय ६ बलमा ६ चौका सहित ४६ रनको योगदान दिए ।

गण्डकीले सुरुवात भने कमजोर गरेको थियो । दोस्रो ओभरको चौथो बलमा अनुज चुनाराले दीपेश खत्रीलाई शून्यमा बोल्ड आउट गरेका थिए । दीनेश अधिकारीले समिर कंडेललाई दुई रनमा हेमन्त ओलीबाट क्याच आउट गराए । चुनाराले युवा ब्याट्सम्यान दीपक डुम्रेलाई शून्यमा बोल्ड गर्दा गण्डकी २७–३ को अवस्थामा पुगेको थियो ।

चौथो विकेटका लागि अर्जुन र राहुल शर्मा उपाध्यायले ८९ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई सम्हालेका थिए । यी दुई गुरु चेलाबीचको साझेदारीले गण्डकीलाई राम्रो योगफलको बाटो तल्लोक्रमका ब्याट्सम्यान चल्न नसस्दा मध्यम योगफलमै समेटिन पुगेको हो ।

२८ औं ओभरको चौथो बलमा दिवान पुनले राहुललाई ५३ रनमा एलबिडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । राहुलले ६४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । चौथो विकेटको साझेदारीपछि भने गण्डकीका ब्याट्सम्यान क्रिजमा धेरै समय टिक्न सकेनन् । अभिषेक थापा ४ रनमै क्याच आउट भए ।

अर्जुन कर्णालीका कप्तान रविन्द्रजंग शाहीको बलमा कटविहाइन्ड हुँदै विकेटकिपर विपिन रावलबाट समातिन पुगेपछि राष्ट्रिय प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक पूरा गर्न चुकेका थिए । दीनेश बुढामगर १०, सुवास भण्डारी र बिशाल पौडेल १५ रनमा आउट भए । कप्तान विपिन खत्री ३४ बलमा २ चौका र ३ छक्का सहित ३२ रनमा क्याच आउट भए ।

कप्तान रविन्द्रजंग शाहीले १० ओभरमा २ मेडन सहित ३८ रन खर्चेर १ विकेट लिए । दीनेश अधिकारीले ६।३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । अनुज चुनारा ७ ओभरमा १ मेडन सहित २५ रन खर्चेर २ विकेट लिए ।

कर्णाली पहिलो खेलमा आर्मीसँग ८० रनको फराकिलो अन्तरले पराजित भएको थियो । गण्डकी पहिलो खेलमा आर्मीसँग ९८ रनले पराजित भएको थियो । गण्डकीले दोस्रो खेलमा प्रदेश एक लाई २ विकेटले हराएको थियो । गण्डकीले आफ्नो अन्तिम खेल एपिएफसँग माघ ८ मा मुलपानीमा खेल्ने छ । कर्णालीले तेस्रो खेलमा माघ ९ मा टियुमा खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.