default_image

5 years ago

January 20, 2021

आर्मीलाई प्रदेश एकको सामान्य लक्ष्य

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश एकले त्रिभुवन आर्मी क्लबलाई १ सय ३२ रनको सामान्य लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एक ४०.१ ओभरमा १ सय ३१ रनमा अल आउट भयो । प्रदेश एकका बिवेक मेहताले ८३ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिए । कमजोर सुरुवात गरेको प्रदेश एकलाई चौथो विकेटका लागि फिर्दोस अन्सारी र विवेक मेहताले ७७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

तर ३१ औं ओभरको तेस्रो बलमा साहब आलमले आफैं क्याच लिँदै बिवेकलाई आउट गरेपछि आर्मी खेलमा फर्किएको थियो । फिर्दोस ३२ रनमा बोल्ड भए । फिर्दोसले ९० बलमा १ चौका र १ छक्का प्रहार गरे । दीपक पासवान १८ बलमा ४ चौका सहित १९ रनमा बोल्ड आउट भए । अन्य ब्याट्सम्यानले भने सम्झन योग्य प्रर्दशन गर्न सकेनन् ।

आर्मीका ८ बलरले प्रदेश एकविरुद्ध बलिङ गरेका थिए । साहब आलमले ९.१ ओभरमा ३ मेडन सहित २३ रन खर्चेर ४ विकेट लिए । युवा तीव्र गतिका बलर आकाश चन्दले ७ ओभरमा ३ मेडन सहित १५ रन खर्चेर ३ विकेट लिए । सुशन भारी, भिम सार्की र राजेश पुलामी मगरले एक एक विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.