default_image

5 years ago

January 30, 2021

कमल सर्वोत्कृष्ट, विवेक उदीयमान खेलाडी

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता नेपाल एपिएफ क्लबका तीव्र गतिका बलर कमलसिंह ऐरी सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) चुनिएका छन् ।

राष्ट्रिय टोलीका सदस्य कमलले ६ खेलमा १० विकेट लिए । कोइनमी ३.४१ रहँदा उत्कृष्ट प्रर्दशन ४–११ रह्यो । कमलले गण्डकीसँग ४, आर्मीसँग ३, पुलिससँग २ र आर्मीसँग १ विकेट लिएका थिए ।

त्रिभुवन आर्मी क्लबका स्पिनर साहब आलम प्रतियोगिता उत्कृष्ट बलर चुनिए । साहबले ५ खेलमा ४५.४ ओभरमा ८ मेडन सहित १ सय ५२ रन खर्चेर कुल १२ विकेट लिए । आर्मीलाई उपाधि जिताउन साहबले फाइनलमा एपिएफविरुद्ध उत्कृष्ट प्रर्दशन गर्दै ३ विकेट लिएका थिए । साहबले कर्णालीसँग ३, प्रदेश १ सँग ४, एपिएफसँग २ विकेट लिएका थिए ।

प्रदेश २ का युवा अलराउन्डर विवेक यादव उदीयमान (इमर्जिङ प्लेयर अफ द टुनामेन्ट) खेलाडी घोषित भए । विवेकले ४ खेलमा १ सय ६७ रन बनाएका थिए । उनले लुम्बिनीविरुद्ध ५१ र बागमतीसँग ६६ रन बनाउँदै लगातार अर्धशतक प्रहार गरेका थिए । सुदूरपश्चिमसँग ४१ र पुलिससँग ९ रनमा आउट भएका थिए । साथै विवेक ४ विकेट लिए ।

बागमती प्रदेशका पृथु बास्कोटा प्रतियोगिता उत्कृष्ट ब्याट्सम्यान चुनिए । पृथुले ५ खेलमा २ सय १५ रनमा शीर्ष स्थानमा रहेका थिए । पृथुले प्रतियोगिता अवधीमा २ अर्धशतक, २२ चौका र ७ छक्का प्रहार गरे । पृथु पुलिससँग ४८ रनमा अविजित रहेका थिए । सुदूरपश्चिमसँग ८४ रनमा अविजित रहँदा प्रदेश २ सँग ५३ रनमा अविजित रहेका थिए । लुम्बिनीसँग २९ रन र आर्मीसँग १ रनमा आउट भएका थिए ।

आर्मीले एपिएफलाई ३३ रनले हराउँदै उपाधि जितेको थियो । सेमिफाइनलबाट बाहिरिएका बागमती प्रदेश र नेपाल पुलिस क्लबले ५०–५० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट ब्याट्सम्यान र बलर२५–२५ हजार तथा उदयमान खेलाडीले १५ हजार रुपैयाँ गरे । विजेता आर्मीले १० लाख र उपविजेताले एपिएफले ५ लाख रुपैयाँ पाउने छन् ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.