default_image

5 years ago

January 30, 2021

मराठाको हारमा सोमपालको औसत प्रर्दशन

151 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी सम्मिलित मराठा अरेवियन्स टि१० लिगको आफ्नो तेस्रो खेलमा बंगला टाइगर्ससँग ६ विकेटले पराजित भएको छ ।

जितको लागि १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको बंगलाले ८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । बंगलाका आन्द्रे फ्लेचर ३१, जोहनसन चाल्र्स २३, अफिफ हुसेन २२ र चिराग सुरी १९ रनमा आउट भए । सोमपालले १ ओभरमा १२ रन खर्चेपनि विकेट लिन सकेनन् । यमिन अहमद्जाई, मुक्तर अली र सोहग गाजीले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको मराठाले १० ओभरमा कुनै विकेट नगुमाई १ सय ३ रन जोडेको थियो । मराठाका मोहम्मद हफिजले ३० बलमा ७ चौका र ३ छक्का सहित ६१ रनमा अविजित रहे । अब्दुल सकुर ३० बलमा ३ चौका र १ छक्का सहित ३४ रनमा अविजित रहे ।

सोमपालको एक ओभर

सोमपाललाई मराठाले दोस्रो ओभरमा बलिङमा ल्याएको थियो । सोमपाल कामीले वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई एक रन दिँदै स्पेलको सुरुवात गरे । दोस्रो बलमा वेस्टइन्डिजका जोनसन चार्सले स्लोवर फुलटस बलमा चौका प्रहार गरेका थिए । तेस्रो बलमा डट राखे । चौथो बलमा छक्का प्रहार गरे । पाँचौं र छैटौं बलमा एक एक रन दिए । त्यसपछि भने सोमपालले दोस्रो ओभर पाएनन् ।

सोमपालले दिल्ली बुल्सविरुद्ध एक ओभरमा १७ रन खर्चेका थिए । सोमपालले पहिलो खेलमा नर्थन वारियर्सविरुद्ध २ ओभरमा २८ रन खर्चेका थिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.