5 years ago
January 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अगुवाइमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भइरहेको छ । गृष्मा ब्रोडकास्टिङको आयोजनामा रङ्गशालामा आर्थिक सङ्कलनका लागि ‘स्टार क्रिकेट २०२१’ प्रतियोगिता आयोजना हुने भएको छ ।

शनिबार काठमाडौँमा एक पत्रकार सम्मेलनमार्फत आयोजकले स्टार क्रिकेट २०२१ को बारेमा जानकारी दिएको छ । आयोजित पत्रकार सम्मेलनमा कलाकार र खेलाडीहरूले क्रिकेटसमेत खेलेका थिए।
नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलेव्रिटी सहभागी हुने टुर्नामेन्टमा दुई समूह बाँडिएको छ । दुई समूहलाई धुर्मुस र सुन्तलीले नेतृत्व गर्ने छन् भने मैदानमा धुर्मुस सुन्तली बिच प्रतिस्पर्धा हुनेछ ।
एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का लगायतका क्रिकेटर खेल्ने भएका छन् । त्यस्तै नेपाली सिनेमा क्षेत्रमा चर्चित कलाकार दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, रवि ओड क्रिकेट खेल्ने छन् ।
प्रतियोगिता माघ २४ गते चितवनको निर्माणाधीन रङ्गशालामा हुनेछ । प्रतियोगिताबाट उठेको सम्पूर्ण रकम रङ्गशालाको निर्माणमा प्रदान गरिने आयोजकले जनाएको छ । नमुना मैदानमा यसअघि बागमती प्रदेशको आयोजनामा गत मंसिरमा गौतमबुद्ध कप भएको थियो ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]