5 years ago
January 31, 2021
एजेन्सी – नेपाली क्रिकेट टोलीका अलराउन्डर करण केसीले वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेललाई बोल्ड आउट गरेका छन् ।

यूएईमा जारी टि १० लिगमा करणले टिम आबूधाबीमा ओपनर समेत रहेका युनिभर्सल बोसका रुपमा चिनिने क्रिस गेललाई चौथो ओभरको पहिलो बलमै ९ रनमा बोल्ड आउट गरेका हुन् ।
करणको टोली पुणे डेभिल्सले प्रस्तुत गरेको १ सय ३० रनको विजयी लक्ष्य पछ्याउने क्रममा पुणेले करणलाई चौथो ओभरमा मौका दिएको थियो । करणले मौका पाएको पहिलो बलमै गेललाई बोल्ड आउट गर्दै टि१० मा पहिलो विकेट लिएका हुन् ।
करणको टि१० लिगमा यो तेस्रो खेल हो । यसअघि दुवै खेलमा करण विकेटविहिन बनेका थिए । करणले कलन्दर्सविरुद्ध १ ओभर बलिङ गर्दै ९ रन खर्चेका थिए । जुन उक्त खेलमा पुणेका लागि १० रन दिने एकमात्र बलर थिए । करणले पहिलो खेलमा डेकन ग्ल्याडियटर्सविरुद्ध एक ओभरमा १७ रन खर्चेका थिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]