default_image

5 years ago

January 31, 2021

पुणेको हारमा करणलाई गेलको विकेट

125 views

0 Bookmark

एजेन्सी – नेपाली क्रिकेट टोलीका अलराउन्डर करण केसी सम्मिलित पुणे डेभिल्स आबूधाबी टि१० लिगमा टिम आबूधाबीसँग ५ विकेटले पराजित भएको छ ।

जितका लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको टिम आबूधाबीले ८.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । टिम आबूधाबीका तल्लोक्रमका जेमी ओभरटर्नले ११ बलमा ४ चौका र ३ छक्का सहित ३८ रनमा अविजित रहँदै जित पक्का गरे । क्रिस गेल ९, पल स्टर्लिङ २३, जो क्लार्क २९ र विकेटकिपर बेन डुकेट २० रनमा आउट भए ।

करणले एक ओभरमा १८ रन खर्चेर १ विकेट लिए । करणले क्रिस गेलको विकेट लिएका थिए । हार्डस विल्जोइनले २ ओभरमा २ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको पुणेले निर्धारित १० ओभरमा १ सय २९ रन बनाएको थियो । पुणेका ओपनर टम क्याडमोर २५ बलमा ५ चौका र ५ छक्का सहित ६१ रनमा अविजित रहे । चाडविक वाल्टन २३ र देभन थोमसले २१ रनको योगदान दिए ।

यस्तो रह्यो करणको एक ओभर

करणले चौथो ओभरको पहिलो बलमै वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेललाई बोल्ड आउट गरेका थिए । युनिर्भस बोसलाई आउट गर्दै टोलीलाई महत्वपूर्ण सफलता दिलाएका थिए । करणले सट बल गरेका थिए । गेल ठूलो सट खेल्ने धुनमा बल ब्याटको छेउमा लाग्दै स्टम्पमा लाग्न पुगेपछि बोल्ड भएका थिए ।

दोस्रो बल करणले वाइड फाले । अर्को बलमा लुक राइटले चौका प्रहार गर्दा तेस्रो बलमा एक दिए । चौथो, पाँचौं र छैटौं बलमा भने करणलाई जो क्लार्कले लगातार चौका प्रहार गरेपछि एकै ओभरमा १८ रन खर्चिन पुगेका थिए ।

करणको टि१० लिगमा यो तेस्रो खेल हो । यसअघि दुवै खेलमा करण विकेटविहिन बनेका थिए । करणले कलन्दर्सविरुद्ध १ ओभर बलिङ गर्दै ९ रन खर्चेका थिए । पहिलो खेलमा डेकन ग्ल्याडियटर्सविरुद्ध एक ओभरमा १७ रन खर्चेका थिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.