default_image

5 years ago

February 1, 2021

नेपाल र कतारबीचको टि२० सिरिज नहुने !

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले फेब्रुअरी दोसो साता कतारसँग खेल्ने भनेको तीन टि२० आई सिरिज नहुने भएको छ ।

क्यानले बन्द प्रशिक्षण सुरु गरेको दिननै सिरिज नहुने जानकारी आएको हो । क्यानले औपचारिक रुपमा भने कुनै जानकारी दिएको छैन । क्यान उच्च स्रोतका अनुसार कतार सरकारले नियमको कारण खेल हुन नसक्ने कतार क्रिकेट एसोसिएसनले क्यानलाई आइतबार मेलमार्फत जानकारी गराएको छ ।

कोरोनाको कारण क्वारेन्टाइनमा नबस्दा कतार सरकारले स्वीकृती नदिएको बुझिएको छ । खेलको लागि क्यानले प्रयास गरिरहेको स्रोतले जनाएको छ । नेपालले ११ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको थियो ।

माघ १३ मा बसेको क्यानको बोर्ड बैठकले कतार क्रिकेट एसोसिएसनले कतार स्पोर्ट्स डे को अवसरमा निमन्त्रणा गरेको भन्दै तीन टि२० आई सिरिज खेल्न लागेको जनाएको थियो । क्यानका अनुसार नेपालले फेब्रुअरी ९ मा पहिलो, फेब्रुअरी १० दोस्रो र फेब्रुअरी १२ मा तेस्रो खेल खेल्ने कार्यतालिका रहेको थियो । क्यानले कतारसँगको तीन टि२० सिरिजको लागि १८ सदस्य टोली समेत घोषणा गरेको थियो ।

कतार भ्रमण टोलीको लागि घोषणा टोलीमा नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर, वसन्त रेग्मी, आरिफ शेख, सुसन भारी, ललितनारायण राजवंशी लगायतका पहिलो रोजाईका खेलाडी रहेका थिएनन् । बन्द प्रशिक्षणमा बोलाईएका खेलाडीलाई सोमबारदेखि प्रशिक्षण सुरु गर्ने कार्यक्रम थियो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.