default_image

5 years ago

February 1, 2021

करण विकेटविहिन

126 views

0 Bookmark

एजेन्सी – आबूधाबी टि१० लिगमा नेपाली अलराउन्डर करण केसी सम्मिलित पुणे डेभिल्स बंगला टाइगर्ससँग ८ विकेटले पराजित भएको छ । जितका लागि १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको बंगलाले ८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

बंगलाका टम मुस्र १२ बलमा १ चौका र ४ छक्का सहित ३८ रनमा अविजित रहे । चिराग सुरी १५ बलमा २ चौका र २ छक्का सहित ३० रनमा अविजित रहे । कप्तान आन्द्रे फ्लेचर १५ बलमा ३ चौका र २ छक्का सहित ३० रनमा रन आउट भए । मोहम्मद आमिरले एक विकेट लिए । करण केसीले एक ओभरमा १७ रन खर्चेपनि विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको पुणे डेभिल्सले १० ओभरमा ३ विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो । पुणेका एलेक्स डेभिस २१ बलमा ३ चौका र ३ छक्का सहित ४१ रनमा अविजित रहे । ओपनर टम क्याडमोर २५ बलमा ४ चौका र ३ छक्का सहित ४८ रनमा आउट भए । करिम जानत, काइस अहमद, फजल हकले १–१ विकेट लिए ।

यस्तो रह्यो करणको एक ओभर

करणलाई पुणेले छैटौं ओभरमा ल्याएको थियो । वेस्टइन्डिजका ओपनर तथा बंगलाका कप्तान आन्द्रे फ्लेचरले पहिलो बलमा चौका प्रहार गर्दै सुरुवात गरेका थिए । दोस्रो र तेस्रो बलमा करणलाई उनले लगातार छक्का प्रहार गरे । करणले चौथो बल डट राख्दा पाँचौं बलमा एक रन दिएका थिए । अन्तिम बलमा चिराग सुरीको क्याच प्वाइन्टमा ड्रप हुँदा करण विकेट विहिन बन्न पुगे । तर उक्त बलमा फ्लेचर भने ३० रनमा रन आउट भएका थिए ।

करणको यो चौथो खेल हो । चार खेल मध्य करण तीन खेलमा विकेटविहिन छन् । पहिलो खेलमा डेकन ग्ल्याडियटर्सविरुद्ध एक ओभरमा १७ रन खर्चेका थिए । दोस्रो खेलमा करणले कलन्दर्सविरुद्ध १ ओभर बलिङ गर्दै ९ रन खर्चेका थिए । तेस्रो खेलमा टिम आबूधाबीविरुद्ध करणले एक ओभरमा १८ रन खर्चेर १ विकेट लिएका थिए । करणले स्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेललाई बोल्ड आउट गरेका थिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.