5 years ago
February 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर्स कप–२०७७ एकदिवसिय क्रिकेट प्रतियोगिता हुने भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) ले गर्नेछ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच महानगरपालिकाका प्रशासकिय अधिकृत राजेश्वर ज्ञवाली र नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदान प्रदान गरेका थिए । सम्झौतमा अनुसार क्यानलाई काठमाडौं महानगरपालिकाले ५० लाख रुपैयाँ प्रदान गर्ने छ । महानगरले पहिलो चरणमा ६० प्रतिशत र दोस्रो चरणमा ४० प्रतिशत रकम उपलब्ध गराउने छ ।
प्रतियोगिता चैत्र मसान्तभित्र गरिसक्ने सम्झौता भएको छ । प्रतियोगिता ओमान भ्रमणलाई लक्षित गर्दै गरिने छ । क्यानका मेनेजर विनोद दासले टेक्निकल कमिटि र प्रतियोगिता कमिटिको स्विकृती आईसकेपछि खेल तालिका र टोली सङ्ख्या निर्धारण हुने छ । क्यानका मेनेजर विनोद दासका अनुसार प्रतियोगिता ओमान भ्रमण लक्षित गरेर तयारी गरिरहेको बताए । प्रतियोगितामा नेपालका उत्कृष्ट खेलाडी अट्ने गरि टोली बनाउने दासले बताए ।
नेपालले मार्च १९ देखि २८ सम्म (चैत्र ६ देखि १५) ओमानमा त्रिकोणात्मक एकदिवसिय सिरिज खेल्ने छ । आइसिसी वर्ल्ड कप सुपर लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच एकदिवसिय त्रिकोणात्मक सिरिज हुँदैछ । कोरोना कारणले सिरिज एकदुई हप्ता पर सर्ने सम्भावना पनि छ ।

सम्झौतापछि क्यानका अध्यक्ष चन्दले यस प्रतियोगिता अन्य स्थानिय तहलाई पनि उदाहरण हुने गरि भव्य रुपमा गर्ने बताए । ‘नेपालको क्रिकेटमा गुन लगाएकोमा धन्यावाद । यो एउटा सहकार्य र सुरुवात हो । निकट भविष्यमा स्तरिय र भव्य क्रिकेट प्रतियोगिता गर्ने छौं’, चन्दले भने । यसले अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि नेपाली टोली बलियो हुने विश्वास राखे ।
‘हिजोका दिनसम्म हामीले फुटबल क्लबसँग लगानी गरेका थियौं । अहिले क्यानसँग गरेर समग्र नेपाली क्रिकेटलाई अघि बढाउन लागेको छौं । यसलाई फुटबललाई जस्तै निरन्तरता दिनेछौं । यो भव्य र सभ्य रुपमा सफल बनाउन महानगरभन्दा क्यानको भूमिका महत्त्वपूर्ण हुनेछ । आगमी वर्ष बजेट तयार गर्दा खेलकुद थप बजेट ब्यवस्थापन गर्ने छौं,’काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले भने ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]