default_image

5 years ago

February 2, 2021

टि१० मा सोमपाललाई पहिलो विकेट

102 views

0 Bookmark

एजेन्सी – नेपाली अलराउन्डर सोमपाल कामीले आबूधाबी टि१० लिगमा आफ्नो पहिलो विकेट लिएका छन् । सोमपालले मंगलबार मराठा अरेवियन्सबाट व्यक्तिगत चौथो खेल खेल्दै कलन्दर्सविरुद्ध पहिलो विकेट लिएका हुन् ।

सोमपालको टोली मराठा भने कलन्दर्ससँग ४ विकेटले पराजित भएको छ । जितको लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको कलन्दर्सले ८.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । कलन्दर्सका सर्जिल खानले १६ बलमा ३ चौका र २ छक्का सहित २८ रनको योगदान दिए । कप्तान सोहेल अख्तरले ११ बलमा १ चौका र २ छक्का सहित २० रनको योगदान दिए । बेंन डंक १२ बलमा ५ चौका सहित २६ रनमा अविजित रहे । सोमपालले एक ओभरमा १९ रन खर्चेर १ विकेट लिए । यमिन अहमदजीले २, सोएब मलिक र इशान मलहोत्रले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको मराठाले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै १ सय १ रन बनायो । मराठाका ओपनर मोहम्मद हफिजले २६ बलमा २ चौका र ३ छक्का सहित ४४ रनको योगदान दिए । सोएब मलिक २३ र अब्दुल सकुर ११ रनमा आउट भए । कलन्दर्सका सोहेल तनवीरले २ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सुल्तान अहमद र डन्याल अहमदले एक एक विकेट लिए ।

सोमपालको एक ओभर

सोमपालले चौथो ओभरमा बलिङ गरेका थिए । सुरुवाती बल सर्जिल खानलाई स्लोवर गुड लेन्थमा राख्दै डटका साथ सुरुवात गरेका थिए । दोस्रो र तेस्रो बलमा सर्जिलले सोमपाललाई लगातार दुई छक्का प्रहार गरे । चौथो बलमा एक रन दिए ।

पाँचौ बलमा सोहेल अख्तरले सोमपाललाई छक्का हानेका थिए । तर सोमपालले अन्तिम बलमा योर्कर गर्दै अख्तरलाई एलबिडब्लूका साथ टि १० लिगमा पहिलो विकेट लिन सफल भएका थिए । तर रन भने एकै ओभरमा १९ खर्चिन पुगे ।

यसअघि पहिलो खेलमा सोमपालले नर्थन वारियर्सविरुद्ध डेब्यू गर्दै २ ओभरमा २८ रन खर्चेका थिए । दिल्ली बुल्सविरुद्ध १७ र बंगला टाइगर्सविरुद्ध १२ रन खर्चेका थिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.