default_image

5 years ago

February 3, 2021

भारतले स्थापित गरेको पुनरागमनको उदाहरण

125 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

अष्ट्रेलियामा गत महिना सम्पन्न टेस्ट सिरिजमा भारत २-१ ले सिरिज जित्दै घर फर्कियो । हाल घरेलु मैदानमा इंग्ल्यान्डविरुद्ध सिरिजको तयारी गरिरहेको भारतका लागि आजको दिनसम्म पनि अष्ट्रेलिया सिरिज्कै चर्चा चलिरहेको छ । र यो अझै लामो समयसम्म पनि चर्चामै रहन्छ । कारण, भारतले सिरिजमा जित हासिल गर्दा इतिहास त रच्यो नै, टोलीले गरेको पुनरागमन क्रिकेट मात्र नभएर समग्र खेलकुदको लागि नै उदाहरणको रुपमा स्थापित भयो ।

कप्तान विराट कोहली एडिलेडमा पहिलो टेष्ट खेलेर स्वदेश फर्किएपछि धेरैले भारतले अष्ट्रेलियासँगको चार टेष्ट सिरिजमा कमजोर प्रर्दशन गर्ने अनुमान गरेका थिए । पहिलो टेष्टको दोस्रो इनिङमा ३६ रनमा अल आउट हुँदै ८ विकेटले पराजित भएपछि भारतले क्लिनस्विप नै बेहोर्ने धेरैले अनुमान गरेका थिए । अन्तर्राष्ट्रिय स्तरमा नाम चलेका क्रिकेट पण्डितहरुले समेत भारतको सम्भावनाबारे उल्लेख समेत गरेका थिएनन ।

कोहलीको अनुपस्थितिभन्दा अन्य खेलाडीको चोटको समस्याले भारतलाई बढी समस्या दियो । कोहली उपस्थित नहुने पक्षमा तयार रहेको भारतले उनको अभाव खासै महसुस गर्नुपरेन । तर एक पछि अर्को गर्दै आफ्ना प्रमुख खेलाडी भने घाइते हुँदै गएपछि भने विकल्पको खोजीमा टोलीलाई निकै समस्या परेको थियो ।

प्रमुख खेलाडी चोटका बाबजुद भारतले कडा प्रतिस्पर्धा मात्र दिएन, सिरिज उपाधि नै जित्न सफल रहयो । पहिलो टेस्टमा बिर्सनलायक प्रदर्शन गरेको भारतले दोस्रो खेल ८ विकेटको जित निकाल्दै सिरिज १–१ को बराबरीमा पुर्यायो । तेस्रो खेल अप्रत्याशित रुपमा बराबरी गराउँदा चौथो टेष्टमा ऐतिहासिक नतिजा निकाल्दै भारत सिरिज उपाधि जित्न सफल रहयो । अन्तिम टेस्टको अन्तिम दिन निकै रोमान्चक मोडमा पुगेको खेलमा विकेटकिपर ऋषभ पन्त नायक भए । सिरिज जोगाउन बराबरी नै पर्याप्त हुने भएपनि पन्तले टोलीलाई जितसम्म डोर्याए ।

चोटकै कारण चौथो टेष्टमा त भारतलाई प्लेईङ ११ पुर्याउनै धौधौ पर्यो । भारतले चार टेष्टमा २० खेलाडी खेलायो । चारै टेष्ट खेल खेल्ने भारतका दुई मात्र खेलाडी रहे । झन्डै ६० वर्षपछि एकै सिरिजमा भारतले सर्वाधिक खेलाडी प्रयोग गर्यो ।

घाइते मध्य पाँच बलर, तीन प्रमुख ब्याट्सम्यान र दुई अलराउन्डर रहे । १० मध्य ७ खेलाडी ब्याटिङ गर्नेक्रममा घाइते भएका थिए । भारतको चोटको समस्या तीव्र गतिका बलर मोहम्मद शामीबाट सुरु भएको थियो । शामी पहिलो टेष्टको दोस्रो इनिङमा ब्याटिङ गर्नेक्रममा प्याट कमिन्सको बाउन्सर बलले हातमा लागेर घाइते हुन पुगेका थिए ।

शामी खेल्न नसक्दा भारत आफ्नो टेष्ट इतिहासकै कम योगफलमा समेटिएको थियो । दोस्रो टेष्टमा अर्का तीव्र गतिका बलर उमेश यादव घाइते हुन पुगे । मेलबर्न क्रिकेट मैदानमा बलिङ गर्नेक्रममा खुट्टा चोट लागेको थियो ।

तेस्रो टेष्ट खेल्नुअघि अभ्यासको क्रममा ओपनर लोकेश राहुलको बाँया हातमा चोट लागेपछि टोलीबाटै बाहिरिए । सिड्नीमा तेस्रो टेष्टमा भारतका पाँच खेलाडी घाइते भए । जसमध्य चार खेलाडीले चौथो टेष्ट खेल्न सकेनन् ।

तेस्रो टेष्टको तेस्रो दिन विकेटकिपर ऋषभ पन्तलाई कमिन्सको बाउन्सर बलले बाँया हातको कुइनोमा चोट लागेको थियो । त्यसै दिन रविन्द्र जेडजा मिचेल स्टार्कको बाउन्सर बललाई रोक्नेक्रममा असफल हुँदा बाँया औलाको बुढी औंलामा लागेपछि त्यसपछि टोलीबाट बाहिरिए । यी दुई खेलाडी दोस्रो इनिङमा फिल्डिङ गर्न आएनन् । पन्तको स्थानमा ऋद्धिमान शाह र जडेजाको स्थामा मयंक अग्रवाल मैदान उत्रेका थिए । पछि दोस्रो इनिङमा पन्तले ब्याटिङ गर्दा जडेजा आएनन् ।

प्रमुख बलर जस्प्रित बुमराह पनि विश्रामको दिनमा घाइते हुन पुगे । बुमराहको कम्मरमा समस्या देखिएपछि चौथो टेष्ट खेल्न सकेनन् । तेस्रो टेष्टमा दोस्रो इनिङ गर्नेक्रममा स्पिनर रविचन्द्रन आश्विन र हनुमा विहारी पनि घाइते हुन पुगे । उक्त खेल बराबरीमा रोक्न उत्कृष्ट साझेदारी गरेका यी दुई खेलाडी पनि चौथो टेष्ट खेल्न सकेनन् ।

विहारीको दाँया खुट्टाको मांशपेशी र आश्विनको कम्मरमा समस्या देखिएको थियो । तेस्रो टेष्ट अघि ओपनर मयंक अग्रवालको हातमा नेटमा अभ्यास गर्नेक्रममा चोट लागेको थियो । एक्सरे गराएपछि उनी चौथो टेष्टमा भने मध्यक्रमको भूमिका निर्वाह गर्न उपस्थित भए । उचित विकल्प नहुँदा अग्रवालले खेल्नुपरेको थियो ।

चौथो टेष्टको पहिलो इनिङ इनिङमा तीव्र गतिका बलर नवदीप सैनी पनि घाइते हुन पुगे । व्यक्तिगत आठौं ओभर गर्नेक्रममा पाँचौ बलमा खुट्टामा समस्या आएपछि अन्तिम बल गर्न सकेनन् । उनी त्यसपछि मैदान बाहिर गए । अन्तिम बल रोहित शर्माले गर्दै ओभर पूरा गरेका थिए । त्यसपछि भने उनी बलिङमा आएनन् । दोस्रो दिन पनि पुरै मैदान बाहिर रहेका सैनीले तेस्रो दिन ब्याटिङ गरेका थिए ।

पहिलो रोजाइका खेलाडी चोटका कारण बाहिर रहनुका बाबजुद पनि भारतले सिरिजमा राम्रो प्रदर्शन गर्यो । यसको श्रेय मुख्यत: भारतको दोस्रो टोली, भारत ए का प्रशिक्षक राहुल द्रविडलाई जान्छ । द्रविड पछिल्लो समय भारतको उमेर समूह तथा दोस्रो टोलीको प्रशिक्षकको रुपमा रहेका छन् । उनले सिनियर टोली सिरिज खेलिरहँदा उमेर समूह र ए टोलीलाई पनि खेलमा संलग्न गराउनुपर्ने माग राखेका थिए ।

द्रविडकै योजना अनुरुप दोस्रो टोली भरपुर अन्तर्राष्ट्रिय अनुभव बोकेका कारण एकैपटक अष्ट्रेलियामा खेल्न सके । अझ वासिंगटन सुन्दर, सार्दुल ठाकुर र मोहमद सिराजले पछिल्लो सिजन भारतको ए टिममा रहेर गरेको प्रदर्शनले नै उनीहरुलाई सिधै सिनियर टोलीमा प्रदर्शन गर्न सहज भएको थियो । भारतले सिनियर टोलीको विकल्पमा रहने खेलाडीलाई पनि नियमित अवसर दिए समस्या परेको बेलामा समाधानका लागि संघर्ष नहुने संदेश दिएको छ ।

अष्ट्रेलियालाई अष्ट्रेलियाकै मैदानमा पराजित गर्नु सहज छैन । तर भारतले चोटका कारण झन्डै मुख्य टोलीनै नहुँदा पनि सिरिज जित हासिल गरेर उदाहरण नै राखेको छ । इंग्ल्यान्डविरुद्ध घरेलु मैदानमा हुने सिरिजका लागि पनि भारतको मनोबल यसले उच्च बनेको छ । टेस्ट क्रिकेटको चर्चा सेलाउने हो कि भन्ने शंका उत्पन्न भैरहँदा भारत र अष्ट्रेलियाको सिरिजले यसको असली महत्त्व पनि देखाएको छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.