5 years ago
February 3, 2021
एजेन्सी – नेपाली क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलले छक्का वर्षा गराउने क्रममा ह्याट्रिक गरेका छन् ।

गेलको विष्फोटक इनिङसँगै टिम आबूधाबीले मराठा अरेवियन्सलाई ९ विकेटले हराएको छ । जितको लागि ९८ रनको लक्ष्य पछ्याएको टिम आबूधाबीले ५.३ ओभरमै १ विकेट गुमाउँदै पूरा गर्यो । क्रिस गेल २२ बलमा ६ चौका र ९ छक्का सहित ८४ रनमा अविजित रहे । गेलले १२ बलमा अर्धशतक पूरा गरेका थिए ।
त्यसअघि दोस्रो ओभरमा सोमपाललाई अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गरेका थिए । पल स्टर्लिङ ११ र जो क्लार्कले ५ रन जोडे । मोसाद्देक हुसेनले एक विकेट लिए । सोमपालले एक ओभरमा २७ रन खर्चिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको मराठाले १० ओभरमा ४ विकेट गुमाउँदै ९७ रन बनाएको थियो । मराठाका एलिशान शरफुल ३३, मुक्तर अली १४, मोहम्मद हफिज २०, सोएब मलिक १५ रनको योगदान दिए ।

सोमपालको त्यो बिर्सनलायक एक ओभर
सोमपाल कामीले दोस्रो ओभरमा बलिङ गरेका थिए । तर प्रर्दशन सम्झनलायक हुन सकेन । सुरुवाती दुई बलमा आयरल्यान्डका ओपनर समेत पल स्टर्लिङले लगातार चौका प्रहार गरेका थिए । तेस्रो बलमा एक रन दिँदै गेललाई स्ट्राइक दिए । त्यसपछि गेलले लगातार तीन छक्का प्रहार गर्दै छक्काको ह्याट्रिक नै गरेका थिए । चौथो बलमा गेलको विकेटको सम्भावना रहेपनि लङअनमा इभान्सले क्याच ड्रप गरेका थिए ।
सोमपालको यो जारी टि१० लिगमा पाँचौं खेल हो । यसअघि पहिलो खेलमा सोमपालले नर्थन वारियर्सविरुद्ध डेब्यू गर्दै २ ओभरमा २८ रन खर्चेका थिए । दिल्ली बुल्सविरुद्ध १७ र बंगला टाइगर्सविरुद्ध १२ रन खर्चेका थिए । कलन्दर्सविरुद्ध सोमपालले एक ओभरमा १९ रन खर्चेर १ विकेट लिएका थिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]