default_image

5 years ago

February 4, 2021

सोमपालको उत्कृष्ट प्रर्दशन

149 views

0 Bookmark

एजेन्सी – नेपाली अलराउन्डर सोमपाल कामीको उत्कृष्ट प्रर्दशनमा आबूधाबी टि१० लिगमा डेकन ग्याडियटर्सले मराठा अरेवियन्सलाई १ सय २१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ थालेको डेकनले १० ओभरमा ४ विकेट गुमाउँदै १ सय २० रन बनायो । डेकनका अनवार अली १२ बलमा ६ चौका र २ छक्का सहित ३९ रनमा अविजित रहे ।

प्रशान्त गुप्ताले १६ बलमा ४ चौका र २ छक्का सहित ३५ रनको योगदान दिए । विकेटकिपर यासिर कलिम १६ बलमा ३ छक्का र १ चौका सहित २८ रनमा क्याच आउट भए । यी दुबै ब्याट्सम्यानलाई सोमपालले आउट गरेका थिए ।

अजाम खान ४ रनमा प्रबिण ताम्बेको बलमा सोमपालबाट क्याच आउट हुन पुगेका थिए । सोमपाल कामीले २ ओभरमा १२ रन खर्चेर प्रमुख २ विकेट लिए । प्रबिण ताम्बे र सोहग गाजीले एक एक विकेट लिए ।

यस्तो रह्यो सोमपालको दुई ओभर

सोमपालले छैटौं ओभरमा दुई महत्वपूर्ण विकेट लिएका थिए । पहिलो बल प्रशान्तलाई डट राखेका सोमपालले दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा कलिमलाई एक रन दिए । चौथो बलमा भने मोद्दासेक होसेनबाट भारतीय ब्याट्सम्यान प्रशान्तलाई क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाएका थिए ।

पाँचौ बल कलिमलाई डट राखेका सोमपालले छैटौं बलमा भने अलिसान श्रफुलबाट क्याच गराउँदै एकै ओभरमा दुई महत्वपूर्ण सफलता दिलाएका थिए । सम्रग रुपमा सुरुवाती ओभरमा मात्र दुई रन खर्चेर प्रमुख २ विकेट लिन सफल भए ।

आठौं ओभरमा भने सोमपालले १० रन खर्चिए । पहिलो र दोस्रो बलमा अनवार अलीले सोमपाललाई लगातार चौका प्रहार गरेका थिए । त्यसपछि एक रन दिएका सोमपालले चौथो र पाँचौ बल भने डट राखेका थिए । अन्तिम बलमा एक रन दिँदै आफ्नो स्पेल सकाए ।

सोमपालको यो जारी टि१० लिगमा छैटौं खेल हो । यसअघि पहिलो खेलमा सोमपालले नर्थन वारियर्सविरुद्ध डेब्यू गर्दै २ ओभरमा २८ रन खर्चेका थिए । दिल्ली बुल्सविरुद्ध १७ र बंगला टाइगर्सविरुद्ध १२ रन खर्चेका थिए । कलन्दर्सविरुद्ध सोमपालले एक ओभरमा १९ रन खर्चेर १ विकेट लिएका थिए । टिम आबूधाबीविरुद्ध एक ओभरमा २७ रन खर्चेका थिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.