5 years ago
February 4, 2021
एजेन्सी – कप्तान बाबर आजम र फवाद आलमको उत्कृष्ट शतकीय अविजित साझेदारीमा दक्षिण अफ्रिकासँगको दोस्रो टेष्ट खेलमा घरेलु टोली पाकिस्तानले बलियो सुरुवात गरेको छ ।

रावलपिण्डी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले पहिलो दिनको समाप्तिमा ५८ ओभरमा १ सय ४५ रन बनाउँदै ३ विकेट गुमाएको छ । वर्षाको कारण अन्तिम दुई सेसन प्रभावित हुन पुगे । पाकिस्तानका कप्तान बाबर आजम १ सय २५ बलमा १२ चौका सहित ७७ रनमा अविजित छन् ।
फवाद आलमले १ सय ३८ बलमा ५ चौका सहित ४२ रनमा अविजित छन् । चौथो विकेटका लागि बाबर र फवादले २ सय ६१ बलमा १ सय २३ रनको अविजित साझेदारी गरि सकेका छन् ।
ओपनर इमरान बुटलाई स्पिनर केशव महाराजले १५ रनमा क्विन्टन डी ककबाट क्याच गराए । अर्का ओपनर आविद अलीलाई एनरिच नोर्कियाले एडेन मारक्रमबाट ६ रनमा क्याच गराए । अजहर अलीलाई महाराजले शून्यमा एलबिडब्लू आउट गरे । पहिलो टेष्ट खेलमा पाकिस्तान ७ विकेटले विजयी हुँदै दुई टेष्टमा १–० को अग्रता लिएको छ । १४ वर्षपछि पाकिस्तान भ्रमण गरेको दक्षिण अफ्रिकाले तीन टि२० आई सिरिज पनि खेल्ने छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]